परदेश

नियमले चलेको देश

संयुक्त राज्य अमेरिका एक अत्यधिक विकासित, सम्बृद्ध, सम्पन्न र सामरिक शक्तिमा मात्र होइन, अरु क्षेत्रमा पनि अग्रस्थानमा रहेको राष्ट्र रहेछ।
// //

<!– <<< Modules Anywhere <<

संयुक्त राज्य अमेरिका एक अत्यधिक विकासित, सम्बृद्ध, सम्पन्न र सामरिक शक्तिमा मात्र होइन, अरु क्षेत्रमा पनि अग्रस्थानमा रहेको राष्ट्र रहेछ। अमेरिका पूँजीवादी राष्ट्र भएर पनि मानव सभ्यता, स्वतन्त्रता, समानता र भातृत्वको जगमा उभिएको सम्पन्न राष्ट्र भएको मैले पाएँ। आज विश्वका सबै क्षेत्रका मानिसको आकर्षणको केन्द्र बनेको छ–अमेरिका।

छोराछोरी अमेरिकामा पढ्दैछन्। त्यसै सिलसिलामा श्रीमति सहित अमेरिका घुम्न जाने मौका पायौं। अमेरिकाको आर्थिक राजधानी न्यूयोर्क, यहीँ हामीले सय दिन बितायौं। त्यस समयमा महŒवपूर्ण ठाउँहरुमा हामी घुम्यौं। ती ठाउँमा हरेक कुराको सही व्यवस्थापन देखेर मलाई आफ्नो देश कहिले यस्तो व्यवस्थित हुन्छ होला भन्ने मनमा लागिरह्यो। हुनत त्यहाँ सबै कुरा जनताद्वारा नै पालना गरिएको रहेछ। जुनसकै नियम कानुनको बारेमा त्यहाँ बसोबास गर्ने सबै मानिसलाई थाहा हुनै पर्दोरहेछ।

हामी वासिङ्टन डिसी घुम्ने क्रममा ह्वाइट हाउस पुग्दा त्यहाँ हजारौं मान्छेहरू जम्मा भएर जुलुस गरिरहेका थिए। के विषयको जुलुस भन्ने बु‰दा हेल्थ केयर कानुनको विरोधमा सरकारको विपक्ष पार्टीलगायत विभिन्न संघसंस्थाले विरोध र्‍यालीको आयोजना गरेका रहेछन्। तर त्यहाँ नेपालको जस्तो सडकनै ढाक्ने जुलुस थिएन। न त त्यहाँ टायरको कालो धूवाँ नै उडेको थियो।  प्रदर्शनकारी सडक र बटुवालाई कुनै अप्ठ्यारो नपारिकनै प्रदर्शन गरिरहेका थिए। सडकमा मोटरहरु गुडीरहेका। पेटीमा बटुवाहरु हिँडिरहेका। विना व्यवधान। जुलुस आयोजकहरुले सम्बन्धित विषयको व्यानर र प्लेकार्डहरु लेखेर देखाउँदारहेछन्। विरोध प्रदर्शन सकिएपछि ती हजारौं प्रदर्शनकारी शान्तसँग आ–आफ्नो गन्तव्यतिर लागे। जुलुसभरी कहीँ पनि प्रदर्शनकारी र प्रहरीबीच मुठभेड भएन। इटाढुंगा हान्ने र अराजक नाराहरू लगाउनेहरु पनि थिएनन्। सबै अनुशासित।

विरोध प्रदर्शनको समाचार टेलिभिजन र छापा मिडियाहरुले जस्ताको तस्तै प्रसारण र प्रकाशित गर्दा रहेछन्। नेपालको जस्ता पार्टीगत र व्यक्तिगत हितका लागि मिडियाहरु प्रयोग भएको देखिएन। विरोधका विषयमा सरकारको ध्यान पुग्ने। मिडिया वा प्रदर्शनकारीले झुटो कुरा गरेमा, लेखेमा तिनीहरुले क्षतिपूर्ति सहित दण्ड तिर्नु पर्दाे रहेछ।

त्यसैगरी हामी न्यूयोर्क लगायतका आसपासका धेरै ठाउँ घुम्न गायौं। बाटोमा हिँड्नेभन्दा मोटरमा गुड्ने मानिस धेरै थिए। नेपालमा सवारी साधनको प्वाँ प्वा र पुपुको हर्नले दिक्दार बनाए पनि त्यहाँ कसैले पनि हर्न बजाएको सुनिएन। मोटर पनि जथाभावी पार्किङ गर्न नपाइने। हरेक ठाउँमा मोटर पार्किङ व्यवस्थित गरिएको। झुक्किएर निषेधित क्षेत्रमा पार्क गरेको खण्डमा तुरन्तै प्रहरीले टिकट दिने। सबैतिर ट्राफिक लाइटअनुसार मोटरहरु चल्ने। कसैले लाइट छलेर मोटर लगेको खण्डमा तुरुन्तै सिसि टिभिले वा क्यामेराले फोटा खिची गाडीको फोटोसहिति घरैमा जरिवाना गरेको सूचना पठाउँदो रहेछ त्यहाँको प्रसाशनले। मोटरकार, ट्याक्सि चड्ने र चलाउनेले अनिवार्य बेल्ट बान्नै पर्ने। यदि बेल्ट बान्न बिर्सियो भने पनि टिकट दिइहाल्ने। अहा! कस्तो व्यवस्थित सहर। नेपालमा मोटर देब्रे साइडबाट चल्छन्। उता चाहिँ  दाहिने साइडबाट।

नेपालजस्तो जहीँ तहिँ मध्यपान र धुमपान किन्न एवं सेवन गर्न मनाही रहेछ। तोककेो पसलमा मात्रै यस्तो सामान किन्न पाइने। २१ बर्ष नपुगेकाले रक्सी र चुरोट किन्न अनि सेवन गर्न नपाइने। यस्ता सामग्री किन्न जाँदा आफ्नो जन्ममिति खुलेको परिचय पत्र बाक्नु अनिवार्य नै रहेछ। अमेरिकामा बालबालिकालाई सरकारबाट धेरै संरक्षण मिलेको छ। बालबालिकालाई थिचोमिचो गरेको सूचनाले मात्र समेत प्रहरीले कारवाही गर्न सक्ने व्यवस्था रहेछ।

बाटो काट्दा, लिफ्ट चड्दा, पसलको ढोकाबाट बाहिरभित्र गर्दा, लाइनमा बस्दा बालबालिका, महिला, बृद्धबृद्धा र अपांगलाई प्राथमिकता दिने चलन पनि मलाई राम्रो लाग्यो। बाटोमा हिँड्दा कतै कसैसँग आँखा जुधेपछि हलोहाई भनेर हात उठाएर, टाउको हल्लाएर सम्बोधन गर्ने चलन रहेछ। हिँड्दा कुरा गर्दा अर्काको शरिरलाई छुने र ठोकिने चाहिँ राम्रो मानिदैन। यदि गल्तीले त्यसो भयो भने तुरुन्तै …सरी’ भन्नुपर्ने। मानिसहरु पनि अत्यन्तै भद्र, शिष्ट र सालिन।

अमेरिकामा कुनै पनि सेवा दिने ठाउँहरुमा पहिलो आउनेलाई पहिलो सेवा दिने चलन रहेछ। पैसा तिर्ने ठाउँ, बैंक, हुलाक, दरखास्त दिने, सामान अर्डर गर्ने आदि कुनै कामकाजका लागि जाँदा पालो पर्खनु पर्ने, त्यस्तो ठाउँमा नम्बर भएको पर्चाको व्यवस्था गरिहेको हुँदोरहेछ। यदि कसैले पालो मिचेमा अत्यन्तै नराम्रो मानिन्छ।

अमेरिकामा किनमेल गर्दा पैसा राम्रोसँग चिन्नु पनि आवश्यक रहेछ। त्यहाँ युएस डलरका १, २, ५, १०, २०, ५० र १०० का नोटहरु प्रचलनमा रहेछन्। खुद्रा पैसा एक सेन्ट (पेनी), ५ सेन्ट (निक्कल), १० सेन्ट (डाइम), २५ सेन्ट (क्वार्टर) र एक, दुई डलरका सिक्काहरु प्रचलनमा छन्। सामान किनबेच गर्दा एक–एक पेनीको पनि हिसाब गरेर लेनदेन हुँदोरहेछ। त्यो देखेर मलाई हाम्रो नेपालमा सिक्काहरुको साह्रै अवमूल्यन भएको महसुस भयो। यहाँ त माग्नेले पनि भरसक सिक्का नलिन खोज्ने।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.