हाम्रो बारेमा
हाम्रो बारेमा
नेपालीहरुको प्रतिनिधित्व हुने गरी नेपाल (www.shajhachautari.wordpress.com ) वि.सं. 2009 देखि शुरुवात गरिएको हो । विश्वमा प्रवासी जीवन विताउँने आम नेपालीहरुको चर्चा/परिचर्चा माथि प्रकाश पार्दै आएको छ ।अझ नेपाल वारे जिज्ञासा, समाचार तथा इन्फरमेसनहरु आदि आदानप्रदान गर्ने थलोको रुपमा यो साइटको विकास हुँदा हामीलाई खुशी लाग्नु स्वभाविक नै हो ।साथै नेपाली साहित्य, कला र संस्कृतिको पहिचानको लागि यसले मुख्य भूमिका खेल्ने छ भन्ने हामीले ठानेका छौं । यिनै विषयहरुलाई मुख्य पाटो बनाएर हरेक नेपाल र नेपालीसँग आवद्ध भएका पत्रपत्रिका, वेभ साइट, संघसंस्था आदिसंग हातेमालो गर्दै यो साइट निरन्तर अघि बढिरहेको छ । अर्को पाटोको रुपमा मनोरंजन, वौद्धिक खुराकहरु, आदि विषयहरु पनि यसमा समाबेश छन् । वर्तमान अवस्थामा परदेसिने क्रम व्यापक बढिरहेको र सवैभन्दा वढी नेपालीहरु Europe,America भित्रिरहेको परिवेशमा यो साइट ती रोजगारीका खातिर परदेश पस्न बाध्य नेपालीहरुको लागि एउटा सुझाव, परिपक्वता वटुल्ने थलो, आधारभूत आवश्यकता बारेमा जानकारी समेटने श्रोतको रुपमा यो साइटलाई परिमार्जित गर्ने प्रयास गरेका छौं ।
कुनै विशेष एक वा र्दुइ जनाको सहयोगले मात्र यसको उदेश्य पूरा हुने होइन बरु तपाईहरु जस्ता पाठकवृद, सरकारका तह र तप्कामा बसेका अधिकारिक व्यक्तिहरु, राजदूतावासका राजदूत तथा त्यहाँका सहचारीहरु, स्थापित भएका संघसंस्था, आदिको सहयोगको अपेक्षा हामीले गरेका छौं । यस साइटलाई अझ रोचक, जानकारीमुलक, मनोरंजनपरक बनाउने हात भने लेखक, समाचारप्रेमी, कवि, साहित्यकार तथा हास्यव्यग्यकारहरुको समायोजनले निकै महत्वपूर्ण भूमिका खेल्नेछ ।
यो साइटलाई निरन्तरता दिन पाठकहरुको प्रतिक्रिया, राय सुझाव लेखकहरुको माया तथा तपाईहरुको सहयोग अति आवश्यक छ ।
हामीलाई विश्वास छ, तपाईंहरुको प्रतिक्रिया तथा सहयोग निरन्तर यो साइटले पाइनै रहनेछ ।
धन्यवाद ।
साझा चौतारी परिवार shajhachautari@hotmail.co.uk
Ramjibaral





lala mama update gerdai gernu chito chito,,,,,,,,,,side ramro chha
bhanja
yuba