Monthly Archives: January 2012
साधो सहज समाधि भली
काठमाडौं – स्वामी आनन्द अरुण प्रकाशनको मिति १९ मार्च २०१२ १०:४९ बजे
उत्तरमा हिमालय जस्तै मध्य भारतमा पुरातनकालदेखि नै साधकहरूले प्रकृतिमा शरण लिने र जीवनको परम सत्य खोज्न एक बुद्धक्षेत्र हो – अमरकण्टक । मध्य भारत अत्यन्त गर्मी क्षेत्र हो । विन्ध्य र सतपुरा पहाडीको मध्य १ हजार मिटर भन्दा बढीको उचाइमा घनघोर जंगलले भरिएको, जलप्रभात र अनेक ताल सहित धेरै प्रकारका जडीबुटीको प्राकृतिक सम्पदाले धनी मानिने यो क्षेत्रमा हिउँदमा बिहान हल्का जाडो तर वर्षौ भरी आनन्ददायी मौसम पाइन्छ । मेरा आराध्य शिवपुरी बाबाले प्राप्त गर्नुभएको बोधिज्ञानका कारणले पनि मेरा लागि अमरकण्टकको विशेष आकर्षण छ ।
दक्षिण भारतको कन्याकुमारी नजिकैको गाउँमा जन्मिनुभएका उहाँले १८ वर्षको उमेरमा आफ्नो सबै जायजेथा आफ्नी जुम्ल्याहा बहिनीलाई दिइ अमरकण्टकलाई तपस्यास्थलीको रुपमा रोज्नुभयो । ३२ वर्षको कठिन र अथक तपस्या पश्चात् ५० वर्षको उमेरमा इश्वर साक्षात्कारको त्यो चिरप्रतिक्षित क्षण उहाँले बडो लालित्यपूर्ण र काव्यमय ढंगले भन्नुहुन्थ्यो, ‘फाइनली, द गड केम एज अ फ्ल्याश, अल क्वोसन्स् एन्सर्ड एण्ड अल प्रोब्लम सोल्भ्ड फर एभर ।’ बिजुली चम्केझैं परमात्मा प्रकट भयो र सबै प्रश्नको उत्तर प्राप्त भयो र सबै समस्या सधैका लागि समाधान भए । समस्यै समस्या र प्रश्नै प्रश्नको विषादले ग्रसित बुद्धीजीवीका लागि त्यो स्थितिको कल्पना गर्न पनि कति सुखद हुन्छ – त्यो सुखद अनुभूतिका लागि कुनै पनि मूल्य चुकाउनु पर्यो भने पनि त्यो कमै हो । त्यस्तो मानिसलाई भेट्नु जसको मनमा कुनै प्रश्न छैन र कुनै समस्या पनि छैन, दुर्लभ घट्ना हो । त्यस्तो मानिसको दर्शन गर्न पाउनु र सत्संगमा बस्न पाउनु ठूलो सौभाग्य हो ।
अनेक जन्मको पुण्यले मैले पनि यस जन्ममा त्यस्तो व्यक्तिको दर्शन पाएँ र उनको पाउमा शिष्यको रूपमा बस्ने परम सौभाग्य प्राप्त भयो र हाँस्दै रमाउँदै सहज साधना गर्ने शिक्षण पाएँ, ती व्यक्ति हुन् – ओशो । त्यस्तो व्यक्तिको सान्निध्यमा श्रद्धा र ध्यानपर्ूवक बस्दा आफू पनि त्यति नै क्षण सबै प्रश्न र समस्याबाट मुक्त भएको सुखद अनुभूति हुन्थ्यो । तर त्यो आफ्नै साधनाको बलले नभएर त्यस भगवत् चैतन्यको सांन्निध्यको प्रभावले हुने भएकोले त्यो स्थायी हुदैनथ्यो । सांन्निध्यबाट टाढा भएपछि त्यो बिस्तारै हराएर जान्थ्यो ।
अनेक जन्मदेखि कामना, तृष्णा र दुःखै दुःखको दावानलमा जलिरहेको चेतनाले अथक प्रयासपछि जहाँ उन्मुक्ति पाउँछ त्यस क्षेत्रको कणकणमा उन्मुक्तिको त्यो अलौकिक आह्लाद सधैंका लागि तरङ्गित र संरक्षित हुन्छ । कुनै सत्यको खोजीले त्यो संरक्षित अनुुभूतिको तरंगलाई आफ्नै श्रद्धा र पात्रता अनुरुप ग्रहण गर्न सक्छ । यस्ता स्थानहरू मलाई अति प्रिय छन् । परमहंस योगानन्दले आत्मोलब्धि गर्नु भएको कोलकाताको ४ गारापाडा रोडमा अवस्थित उहाँको ध्यान कक्ष, बुद्धले आत्मबोध गरेको बोधगयाको बोधिवृक्ष, ओशोले आत्मबोध गरेको जबलपुरको भवरताल उद्यानको मौलश्री बृक्ष, श्री अरविन्दले तिसौं वर्ष तपस्यारत रही अनेक गहन अनुभूति गरेको पाण्डुचरी आश्रमस्थित उहाको ध्यान कक्ष, बुद्धका अनेक शिष्यले आत्मबोध गरेको श्रावस्तीको जेतवन विहार जस्ता अनेक उर्जा स्थलहरूको म भ्याएसम्म पर्रि्रमण गरिरहन्छु । त्यस्ता पवित्र स्थानमा पुगेपछि थोरै समयका लागि भएपनि आत्मबोध भएकै जस्तो अनुभूति हुन्छ । साधकहरूका लागि त्यस्ता अलौकिक स्थानहरूमा आनन्द र आशीषको अमृतवषर्ा सधै भइरहन्छ ।
शिवपुरी बाबाका म जस्ता भक्तका लागि अमरकण्टक पनि त्यस्तै महातीथ नै हो । त्यो तीर्थको आकर्षण मभित्र प्रबल छ । हुन त कुनै पनि बुद्ध पुरुषले टेकेको ठाउँ नै तीर्थ हुन्छ । तर विशेषरूपले उनीहरू जन्मेको, निर्वाण प्राप्त गरेको, शरीर छोडेको र लामो बसोबास गरेका स्थानहरू त महातीर्थ हुन्छन् । मेरो मनमा एउटा प्रश्न सधै उठ्थ्यो शिवपुरी बाबाले तपस्याका लागि हिमालय र गंगाको सिद्ध क्षेत्र छोडेर किन अमरकण्टक रोज्नभयो ? मलाई अमरकन्टरमा ३ पटक साधना शिविर संचालन गर्ने अवसर मिलेको छ । भरखरै संचालित शिविरपछि पछि मैले यसको उत्तर पाएँ ।
दक्षिण भारतीयका लागि उत्तरी हिमाली जाडो कष्टकर हुन्छ । धेरै हिमालयमा बस्ने योगीहरूलाई पनि जाडोको मौसममा तल झर्ने बाध्यता पर्छ । अमरकण्टकको मौसम भने शरीरलाई कष्ट नगरी वर्षरी आनन्दपूर्वक बस्न सकिने खालको छ । अमरकण्टकको वनमा प्रचुर मात्रामा कन्दमूल र जडिबुटी अहिले पनि उपलब्ध छन् जसको आधारमा जोगीहरूलाई सहज जीवन निर्वाह गर्न संभव छ । त्यहा“ विभिन्न प्रकारका स्वास्थ्यवर्धक, औषधीजन्य जडिबुटीहरू अहिले पनि उपलब्ध हुन्छन् जसको सेवनले रोगमुक्त र स्वस्थ रहन मद्दत मिल्दछ । अमरकण्टकका झरना, खोला नालामा प्रचुर मात्रामा ब्राह्मणी बुटी पाइन्छ । ब्राह्मणी बुटी मस्तिष्कको लागि परम औषधी हो । यसले स्मरण शक्तिलाई तीक्ष्ण बनाउँछ, मस्तिष्कलाई शितल राख्छ र तनावजन्य रोगबाट मुक्ति दिलाउँछ । ब्राह्मणी बुटीको जलको सेवनले मानसिक रूपमा विक्षिप्त भएका व्यक्तिहरू पनि ठीक भएका केही घटना त्यहाँका जोगीहरूले सुनाए ।
यसपालिको यात्रापछि थाहा भयो आदि शंकाराचार्यले आठौं शताब्दीमा आफ्ना गुरु श्री गोविन्दपादबाट यहीं दीक्षा लिई तपस्या गरेका रहेछन् । त्यस अतिरिक्त पौराणिक ऋषि मार्कण्डेय, भृगु, दुर्वाशा, कपिल साथै आधुनिक सन्तहरूमा शिवपुरीबाबा र बर्फानीबाबाको तपस्यास्थली यही हो । कबीर र नानकले परस्पर यहीं भेटेको पनि भनिन्छ । धेरै साधकहरूले साधना गरेकाकारणले यो क्षेत्र अलौकिक तरङ्गले तरङ्गितले छ । यो सिद्ध क्षेत्र भइसकेको छ ।
नर्मदा, सोन र जोहिला तीन नदीको अमरकण्टक उद्गम स्थल पनि हो । हिन्दु शास्त्रमा सरस्वतीमा तीन दिन, जमुनाजीमा सात दिन, गंगामा एक दिन स्नान गर्दा जुन शुद्धि हुन्छ नर्मदाको दर्शन मात्रले त्यति नै शुद्ध भइन्छ भन्ने उल्लेख छ । यसबाट पनि नर्मदालाई धेरै महत्व दिएको देखिन्छ । हिन्दु संस्कृतिमा नर्मदा एउटा मात्र यस्तो नदी हो जसको उद्गम स्थान अमरकण्टकदेखि अरब सागरको संगम मीठातर्ठाईसम्म परिक्रमा गर्ने चलन छ । यो परिक्रममा २८५६ किमीको हुन्छ । यस परिक्रमाका आश्चर्यलाग्दा आफ्नै विधान छन् । सनातनकालदेखि आजसम्म अंक्षुण्ण चलिरहेको यो परिक्रमा आकाशवृत्तिमा अर्थात कुनै पैसा या अन्न नबोकिकन गर्ने चलन छ । यो पुरै परिक्रमा पथमा हरेक वासस्थानहरूमा श्रद्धालुहरूले परिक्रमा गर्न आउने सबैकालागि अन्नदानको व्यवस्थाका गरेका छन् । जहां सिदा लिने र आफै पकाएर खाने चलन छ । यो पूर्ण परिक्रमा विधिपूर्वक गर्ने हो भने साढे ७ वर्ष लाग्छ । यो अवधि भर दुइजोर कपडा, ओढ्ने र ओछ्याउने दुइ कम्म्ल र साधारण पूजा साम ाग्री बाहेक अरु केही बोक्न पाइंदैन । लाउने कपडा फाटे भने श्रद्धालुहरूले बाटोमा दान दिदा रहेछन् । आजको यस्तो व्यस्त र उपभोगवादी युगमा लाखौं गृहस्थहरू पनि यस्तो परिक्रमा गर्दा रहेछन् र उनीहरूलाई चाहिने लुगाफाटा, जुत्ता एवं औषधिको पनि मुफ्त मै समुचित व्यवस्था गरिंदो रहेछ । यो चरम स्वार्थमा डुबेको युगमा पनि यस्तो संस्कार हिन्दुहरूमा अझसम्म जीवित छ ।
हिन्दुहरूको नदीप्रति अगाध श्रद्धा छ । उनीहरूका हरेक धार्मिक कार्यहरू नदीकै सेरोफेरमा हुन्छन् । नदीकै सामीप्यमा प्रवास गर्नु, उपासना गर्नु, परिक्रमा गर्नु उनीहरूको जीवनको एक महत्वपूर्ण कार्य हो । तर परिक्रमा गर्ने महात्म्य नर्मदालाई मात्रै प्राप्त छ । नदी एक जीवन्त तीर्थ हो । यदि सात वर्षनदी कै किनारमा बास बसिन्छ, त्यही नदीमा प्रत्येक दिन स्नान गरिन्छ, नदीकै जलले भोजन पकाइन्छ, सात्विक जीवन बा“चिन्छ भने त्यो व्यक्तिको जीवन रुपान्तरण किन नहोस् ? हर्मन हेस्सेको नायक सिद्धार्थ नदीलाई हेर्दा हेर्दै संबुद्ध भएको हो । हजारौं वर्षेखि यस्ता लाखौं श्रद्धालुको भाव तरंगले त्यो नदी र नदीको तटमा रहेका अनेकौं तीर्थस्थलहरू घनीभूत उर्जाका पुञ्ज बन्दै जान्छन् । हिन्दुहरूले सहज रुपान्तरणको एक सशक्त विधि खोजेका थिए । आधुनिक विज्ञानको खोजले पनि के भन्छ भने पानीका प्रत्येक कणले माइक्रोचिप जस्तै लाखौं सूचनाहरू हजारौं वर्षका लागि संग्रह गर्न सक्छन् । यस्तो विज्ञानको बोध हिन्दुहरूलाई थियो । त्यसकारणले जलबाट आचमन गर्ने, जलले शुद्ध गर्ने, जलले पूजा गर्ने चलन उनीहरूले बसाले ।
आज पनि अमरकण्टकको घनघोर जंगलमा अनेक जोगीहरू तपस्यारत छन् । यसपालि मैले भेटेका अनेक जोगी मध्ये बुद्धीजिवीलाई चाख लाग्ने एक विद्वान् वैरागीको चर्चा म यहाँ गर्न चाहान्छु । उनको नाम हो – स्वामी शैलेन्द्र सरस्वती । उनको जीवनी चाखलाग्दो छ । उनले क्वान्टम् फिजिक्समा एमएससी गरी अहमदावादको प्रख्यात आइआइएमबाट म्यानेजमेन्टमा मास्टर्स गरे । भारतका प्रतिष्ठित व्यवसायिक संस्थामा मुख्य व्यवस्थापक भई काम गरिसकेका रहेछन् र सबै सुख सुविधा सहित उनको आय महिनामा लाखौंको थियो । व्यवसायिक सफलताको चरमचुलीमा पुगेपछि उनले जीवनको व्यर्थता, निरसता र असारताको गहन पीडा अनुभूति गरे । जतिसुकै कुशल व्यवस्थापनबाट पनि यो संसारको समस्याहरू र मानिसका पीडा दुर गर्न सकिदैन भन्ने उनलाई बोध भयो । मानिस साहासिक रहेछन् । त्यो सबै छोडछाड गरी सुदूर हिमालयमा उत्तरकाशी, गंगोत्री र अन्ततः गोमुख भन्दा पनि माथि १४ हजार फिट उचाइमा अवस्थित तपोवनमा तपस्यारत हुन गए । प्रसंगवश पाश्चात्य जगत्मा अत्यन्त ख्याति कमाइसकेका महर्षि महेशयोगीसँग उनको हिमालयमै भेट भयो र दुबैमा एक आत्मियता बस्न गयो र महर्षिको आमन्त्रणमा उनले महर्षि विश्वविद्यालयको म्यानेजमेन्ट विभागको विकासको सन्दर्भमा महर्षिसँगै उनको व्यक्तिगत जेटमा विश्व भ्रमणमा लागे र महर्षिकै नाइरोवी, ओस्लो र अमेरिकामा स्थापित महर्षि विश्वविद्यालयमा डिन र विभागीय प्रमुख भई कार्य गरे । तर पाश्चात्य जगत्को त्यो वैभवशाली सफलतामा पनि उनी रमाउन सकेनन् र महेशयोगीस“ग पुनः हिमालयमा गई तपस्या गर्ने अनुमति मागे । महेशयोगीले तपस्या गर्ने सिद्धस्थल अमरकण्टक हो भन्दै त्यहीं गएर तपस्यारत हुने सल्लाह उनलाई दिए । ती वैरागीले अमरकण्टकको नाम पनि सुनेका थिएनन् । खोजतलास गर्दै अन्ततः उनी त्यहाँ पुगे । अमरकण्टकमा प्रसिद्धि र ख्याति कमाएका साधु बाबा कल्याणदासजी महाराजले आफ्नो अति सुविधासम्पन्न कल्याण सेवा आश्रममा उनलाई बस्ने र खानपानको आदरयुक्त सुविधा जुटाइदिए र बेफिक्री साधनामा लाग्ने परिस्थिति बनाइदिए । केही महिना निश्चिन्त भई साधना गरेपछि उनको आफ्ना गुरुसँग वार्तालाप भएछ । महेशयोगी उनको यो सुविधापूर्ण साधनादेखि खुसी भएनन् । सुविधा, मनुष्यको बाहुल्य र सान्निध्य माझ राम्रो साधना हुँदैन, साधना नै गर्ने हो भने अमरकण्टकको वनमा गई कुनै गुफामा निराधार र निराश्रय भई बस भन्ने गुरुआज्ञा पाए । गुरुको आदेशलाई शिरोधार गर्दै उनले बाबा कल्याणदासजीसँग विदा मागे । उनीसँगै दुइटा कम्बल, दुइ गौरिक वस्त्र र दुइ किलो पिठो दान स्वीकार गरी अमरकण्टकको घनघोर जंगल बीच दुइटा रुखमा एउटा कम्बलबाँधी एउटा कम्बल भुइमा ओछ्याई साधनारत भए । उनीसँग पकाउनलाई केही भाडाकुँडा नभएकाले लगाउने धोतीकै एक भागमा पिठो मुछ्ने र त्यसलाई हातले नै थपथपाएर रोटि जस्तो बनाई धुनीमा पकाई त्यसैको साहारामा वर्षौं उनी एक्लै बाँचे । वर्षौं पछि बिरला कम्पनीका एक मेनेजर जो उनी प्रमुख हुँदा उनका कनिष्ट भई कार्य गरेका थिए, खानीको र्सर्वे गर्न आउदा शैलेन्द्रजीलाई जंगलमा भेटेछन् र आफ्नो पूर्व हाकिमको यस्तो दर्रि्र स्थिति देखी धुरुधुरु रुन थालेछन् । उनको यो हाल देखेपछि बडो अनुनय विनय गरी बिरला कम्पनीले बारुद भण्डार गर्न बस्तीबाट टाढा जंगलको बीचमा बनाएको झ्यालै नभएको एक गोदाम घरमा र्सन मनाए छन् । मैले घनघोर जंगलबीचको गोदाम घरमै उनलाई भेटें । जंगली बदेल र भालुको राज भएको त्यो जंगलमा त्यस्ता पढेलेखेका व्यक्तिलाई एक्लै बसेको देख्दा मलाई आर्श्चर्य लाग्यो । उनी निराधार, निरालम्ब र निराश्रय भए पनि उनमा एक सम्राट जस्तो गरिमा र आत्मविश्वास भरिएको थियो । पहिलो भेटमै हामी बीच गहिरो मित्रता र एकअर्काप्रति गहिरो सम्मानको भाव भरियो ।
मैले उनीसँग घण्टौं लामो वार्तालाप गरेको थिएं । पाठकलाई रुचिकर हुने ठानेको त्यही वार्ताको छोटो अंश यहाँ प्रस्तुत गर्दैछु ।
प्र. यहाँ एक्लै बस्दा अरुसँग भेट्न, कुरा गर्न मन लाग्दैन ? ‘कहिले आवश्यक सामान लिन बजार जानुपर्छ । तपाईंजस्तै कोही खोज्दै साधक आयो भने अर्को कुरा हो तर मान्छेसँग भेट्न र मानिसको भिडमा जानुपर्यो भने पीडा हुन्छ । एक्लै बस्नमै आनन्द छ ।’
प्र. यहाँ तपाईंका आवश्यकताहरू कसरी पूर्ति हुन्छन् ? ‘वर्षौं मैले हातले बेलेको रोटी धुनीमा सेकेर रमाएर बसेको छु । पिठो सकिन लागेको बेला कसैले अचानक ल्याएर दिन्छन् लुगा फाटेका बेला लुगा आइपुग्छ । इश्वरमा पूर्णआश्रति भएर बसेको छु, सबै आवश्यकता पुरा गर्ने जिम्मेबारी उसैको हो ।’
मैले आफ्नो जीवन र धेरै साधकहरूको जीवनमा पनि यसको प्रत्यक्ष प्रमाण भेट्टाएको छु ।
प्र. तपाई यत्रो विद्वान् व्यक्ति संसारमा के भइरहेको छ भन्ने जान्न अखवार पढ्न, रेडियो सुन्न मन लाग्दैन् ?
‘बिल्कुलै मन लाग्दैन । रेडियो र अखवारमा अधिकांश नराम्रै कुराको चर्चा हुन्छ । त्यसबाट मन अझ खिन्न हुन्छ । मलाई चाहिने लायक कुनै राम्रो खवर छ भने तपाईं जस्तै साधक आएर यहीं मलाई दिइहाल्छन् ।’
प्र. यस्तो एकान्तमा तपाईं त खुब अध्ययन गर्नुहुन्छ होला । के के किताब पढ्नु हुन्छ ?
‘केही वर्षपहिलेसम्म तपाईंजस्तै मेरो पनि पुस्तकप्रति खुव अनुराग थियो । खुब धार्मिक साहित्य पढें, ओशोलाई पनि पढें, खुब आनन्दित भएँ र उहाँको ठुलो प्रशसंक हुँ । तर पछि आएर बोध भयो पुस्तकीय ज्ञान पनि एक बौद्धिक व्यसन मात्र हुँदो रहेछ र बाहिरबाट आएको ज्ञान पनि साधनाको एक स्थितिमा पुगेपछि एक प्रकारको बोझ हुदों रहेछ । प्रारम्भमा केही सहयोगी देखिए पनि आत्मोपलब्धिमा अन्ततः यो बाधकै रहेछ । यो बोध भएपछि भएका सबै किताब बाँडिदिएँ । वर्षौंदेखि मैले केही पढेको छैन र पढ्ने इच्छा पनि छैन ।’
म जस्तो प्रत्येक दिन खोजीखोजी पत्रिका पढी देश र सारा दुनियाँको हाल खबर सुनी दुःखी हुने र नयाँ उत्तम साहित्य देखेपछि किन्नबाट आफुलाई रोक्नै नसक्ने पुस्तक व्यसनीलाई ती योगीका यी शब्दले भित्रैसम्म प्रतिध्वनि हुने एक झापड गालामा हान्यो ।
यस्तै झापड वषौं अघि आफ्ना गुरु ओशोबाट पनि पाएको हुँ । ओशोलाई एकपटक मैले सोधेको थिएँ ‘आत्मबोधमा अब मलाई कुन चिजले रोकिरहेको छ, गुरु ?’ उहाँले तुरुन्तै उत्तर दिनुभयो, ‘त्रि्रो ज्ञान नै बाधक छ । तिमी सोच्छौ तिमीलाई धेरै थाहा छ तर तिमीलाई केही थाहा छैन ।’
त्यो दिन पनि मैले यस्तै गुरु चड्कन पाएको थिएँ । सामान्यतः बाहिरबाट संग्रह गरेको पुस्तकीय जानकारीलाई नै हामी ज्ञान भन्ने ठान्छौं । तर मेरो यो पनि स्पष्ट अनुभव के छ भने गुरुको सान्निध्यमा आएपछि माछा, मासु, रक्सी, चुरोट छोड्न साधनाको प्रयासबाट सजिलै सकिन्छ तर पुस्तक र अध्ययनको दुर्व्यसनबाट मुक्त कुनै दुस्साहसी मात्र हुन सक्छ ।
प्र. तपाईं प्रवचन र शिक्षण किन दिनुहुन्न ?
‘सन् २०१७ सालमा मलाई आत्मज्ञान हुन्छ भनी मेरो चिनामा लेखिएको छ । अहिले साधनाको काल छ र यस बेला शिक्षण गरे साधना कमजोर पर्छ ।’
यसबाट पनि मैले अर्को धक्का र झापड पाएँ । तर तुरुन्तै मलाई गुरुको वाक्य संझना भयो, अरुलाई सिकाउनु सिक्ने सबैभन्दा राम्रो उपाय हो । मैलेलाई गुरुको आदेश संझिएँ, ‘तिमी सारा विश्वमा गएर शिक्षण देउ तर आफुमा म गुरु हुँ भन्ने अहंबोध कहिल्यै आउन नदेउ । यसो भएमा शिक्षण पनि साधना भएर आउँछ ।’
प्र. तपाई दिनभरी के गर्नुहुन्छ, कसरी दिन काटनुहुन्छ ?
‘५ घण्टा जति सुत्छु । ३ बजेदेखि उठेर ध्यानमा लाग्छु । नुहाउने धुवाउने, खानाका लागि ३ घण्टा जान्छ । बा“की समय म ध्यानमै बस्छु । जीवन व्यवहारका लागि खर्चिने ३ घण्टाले पनि पीडा दिन्छ, त्यो समय पनि साधनामा लगाउन पाए हुन्थ्यो जस्तो लाग्छ ।’
प्र. के ध्यान गर्नुहुन्छ ?
‘गुरुत्वलाई पार गर्दै पृथ्वीबाट माथि उठी उप्रिmने सिद्धि योगको साधना गर्छु ।’
यस्ता सिद्धि जान्ने योगीहरू मैले पहिले पनि भेटेको हुनाले मलाई यसमा कुनै आर्श्चर्य लागेन ।
प्र. तपाईं हावामा तैरिनु पनि हुन्छ कि उफि्रनु मात्रै हुन्छ ?
‘म उफि्रने (होप) मात्रै गर्छु र तैरिन अझ गहन साधना र उच्च साधकहरूको राम्रो समूह चाहिन्छ । गुरुत्व आकर्षणबाट मुक्तिको अनुभूति पनि बडो सुखद छ ।’
प्र. दिनभरी सिद्धि योग नै गर्नुहुन्छ ?
‘हो, मौका मिल्ने बित्तिकै म यही गर्छु ।’
मैले उनको आँखामा गहिरिए हेरें । त्यसमा परमात्माबोधको आत्मविश्वास थिएन । त्यो उनले दाबी पनि गरिरहेका थिएनन् । शायद सन् २०१७ को प्रतीक्षा गरिरहेका थिए । उचित मार्गदर्शन प्राप्त भएन भने ठुलाठुला त्यागी पनि आफ्नो बहुमूल्य साधना साना साना सिद्धिको आकर्षणमा व्यर्थ खर्च गरिदिंदा रहेछन् । समय र उर्जा खर्चेर संयममा बसेपछि हरेक साधकलाई साधनाको मार्गमा अलौकिक देखिने यस्ता खाले अनेक सिद्धि प्राप्त हुन्छन् । सिद्धिको यो खेलबाट मुक्त भइसकेको गुरुको स्पष्ट मार्गदर्शन प्राप्त नभएकाहरू यही प्राप्त सिद्धिको चमत्कारमा लालायित हुन्छन् । यो सिद्धिको घनचक्करमा आफुपनि पर्छन् र अरुपनिलाई यस माखेसांग्लोमा पार्छन् । किनभने कुनै पनि आफूले गर्न नसक्ने खालका कुराबाट जस्तो सुकै बुद्धिमानी भनाउँदाहरू पनि आकर्षित र प्रभावित हुँदा रहेछन् । चाहे त्यसको आध्यात्मिक या मानवीय मूल्य शून्य किन नहोस् ? वार्तालापका बेला स्वामी शैलेन्द्रजीबाट पाएका दुइ झापडको जवाफ् स्वरुप मलाई पनि यो कुरा उनलाई बिन्ती गर्न मन लागेको थियो । तर शिष्टाचारवश मनमनै राखी उनलाई आदरपूर्वक दण्डवत गरेर बिदा लिएँ । पुस्तक भन्दा पनि खतरनाक सिद्धिको दुव्यसनमा फसेका यी परम वैरागीको व्यसन अगाडि मेरो पुस्तक व्यसन फिक्का पर्यो । बाटोभरी ओशो, शिवपुरीबाबा, परमहंस रामकृष्ण, रमण महर्षि, कृष्णमूर्तिको कथन याद आयो – सबै प्रकारका सिद्धिबाट सधै सावधान रहनु, यो महाबन्धन हो । कबीरको यो महाकथनले मलाई पछ्याइरह्यो – साधो सहज समाधि भली । (स्वामी अरुण नागार्जुन, काठमाडौंस्थित ओशो तपोवनका संस्थापक हुन् । यो लेख उनको हालै प्रकाशित पुस्तक “सन्त गाथा”बाट लिइएको हो । हामी उनका लेखहरु “चिन्तन” स्तम्भमा क्रमश: प्रकाशित गर्दै जाने छौं। सं.)