Category Archives: - बिदेश खबर

बिदेशमा बस्ने नेपालीहरु को गतिविधि

रेडिङ, एडिनबरा र हृवोन्स्लोमा गेसोको जानकारी सभा

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ -गेसो) ले रेडिङ, एडिनबरा र हृवोन्स्लोमा जानकारी सभाको आयोजना गरेको छ ।

नोभेम्बर ९ मा रेडिङमा आयोजित सभामा गेसोका सभापति पदमबहादुर गुरुङ, सरस्वती क्याम्पस, लैनचौरका पूर्व प्रमुख सहप्राध्यापक नारायण गुरुङ, गेसो उपसभापति कृष्णकुमार राई लगायतले सम्बोधन गरेको गेसोले जनाएको छ ।

गेसो रेडिङ समितिका सभापति चोकबहादुर लिम्बूको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन सचिव दशरथ राईले गरेका थिए भने उपसभापति तिलबहादुर गुरुङले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

सभालाई सम्बोधन गर्दै सभापति गुरुङले स्याङ्जा जिल्लाको साल्मेडाडामा निर्माण गरिन लागेको गोरखा स्मारक गोरखा आन्दोलनको दोस्रो चरण भएको बताउदै यसलाई सफल पार्न सबैमा हार्दिक अनुरोध गरेका थिए । सहप्राध्यापक गुरुङले पनि गोरखा स्मारक कुनै संस्थाको मात्र नभई सबै नेपालीको साझा सम्पत्ति भएकाले सहयोग गर्न अपील गरेका थिए ।

यस्तै, यही नोभेम्बर १२ मा स्कटल्याण्डको एडिनबरामा पनि गेसोले विश्वविद्यालयका विद्यार्थी र गोरखा भूतपूर्व सैनिकहरुबीच अन्तर्त्रिmया कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयमा अध्ययनरत कुशल गुरुङको संयोजनमा भएको सो कार्यक्रममा स्कटल्याण्डका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली र विदेशी दुई दर्जन विद्यार्थी तथा स्थानीय गोरखा भूतपूर्व सैनिकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई गेसो सभापति पदमबहादुर गुरुङले प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए भने अमृत साइन्स क्याम्पसका सहप्राध्यापक डा. मोहनप्रसाद देवकोटाले पनि बोलेका थिए । साल्मेडाडामा गोरखा स्मारक बन्ने खबरले आफू प्रशन्न भएको बताउदै देवकोटाले सो स्मारकमा विदेशीभन्दा नेपाली फूलहरु लगाउन सल्लाह दिएका थिए ।

यसैगरी, १९ नोभेम्बरमा हृवोन्स्लोमा गेसोको जानकारी सभा सम्पन्न भएको छ । हृवोन्स्लो समितिका सभापति लालबहादुर राईको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन समितिकी सहसचिव सुशीला राई तामाङले गरेकी थिइन् । सभालाई गेसो सभापति पदमबहादुर गुरुङले सम्बोधन गरेका थिए ।

एनआरएन युकेद्वारा ४७ सदस्यीय सल्लाहकार चयन

लन्डन । गैर आवासीय नेपाली सघं -एनआरएन) यूकेको बैठक आइतवार लण्डन स्थित ह्यारोमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले ४७ सदस्यीय सल्लाहकार समिति र ६ जनालाई कार्यसमितिमा मनोनयन गरेको छ । सल्लाहकारमा आंङ्कल्जङ लामा, बालमुकुन्द जोशी, भक्त गुरुङ, विजय थापा, बिनोद ज्ञवाली, महन्त श्रेष्ठ, डमर घले, सुर्य गरुङ, चिरन्जिवी ढकाल, डा. राधव धिताल, चण्डी राई, किशोर सापकोटा, सुरेन्द्र श्रेष्ठ, कर्ण शाही, खगेन्द्र नेपाली, ध्रुव केसी, लोक गुरुङ, दिनेश घिमिरे, नवीन सापकोटा, टिकेन्द्रदल देवान, ज्ञानराज राई, रवि राई, डा. सिवी गुरुङ, केशबहादुर गुरुङ, मुछेत्र गुरुङ, महेश गुरुङ, शेरबहादुर सुनवार, चित्र गुरुङ, हितकाजी गुरुङ, कुल बहादुर गुरुङ, मोहन गुरुङ, श्री लिम्बु, कृष्ण भट्ट, पशुपति भण्डारी, कमल भण्डारी, राजेन्द्र पुडासैनी, योगेन क्षेत्री, डा. कृष्ण अधिकारी, डा. पदम सिम्खडा, टुका क्षेत्री, राजु थापा, कृष्ण भट्टराई, डा. मधु सुवेदी, नवीन गुरुङ, होम शर्मा र सुर्यप्रसाद उपाध्याय छन् ।

बैठकले रविन्द्र कंडेल, विजन भट्ट, बिनोदकुमार न्यौपाने, दयानिधी सापकोटा, ज्ञान शेरचन र वालकृष्ण गुरुङलाई सदस्यमा मनोनित गरेको छ । यसै गरि एनआरएन यूकेको प्रवक्तामा जीव वेल्बासेलाई चयन गरिएको छ ।

एनआरएन यूके संयोजक रामशरण सिंखडाले थप पदाधिकारीहरुबीच आगामी ८ जनवरीमा योजना तर्जुमा कार्यशाला गोष्ठी गर्ने तय गरेको जनाए ।

बैठकले अन्तर्राष्ट्रिय अदालत हेगस्थित शान्ति बाटिकामा भगवान गौतम बुद्धको सालिक राख्न आइसीसी मार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले कल्याणकारी काम गर्न संयोजक थर्क सेन, सामाजिक संघसंस्थासंग संयोजन गर्न महेन्द्र कंडेल, परिचयपत्र तथा सदस्यता ब्यवस्थापन गर्न कृष्ण भट्टलाई संयोजक तोकेको छ । यसै गरि नेपाल हाउस निर्माणका लागि संयोजकमा अध्यक्ष कुल आचार्यलाई तोकिएको छ । बैठकले स्वर्गीय लक्ष्मी लामाको परिवारको सहयोगका लागि करिब २ हजार पाउण्ड सहयोग गर्ने निर्णय समेत गरेको छ । त्यसै गरि एनआरएन यूकेले विश्व साइकल यात्री सौरभ दाहाललाई ५ सय पाउण्ड सहयोग गर्ने भएको छ । बैठकले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदमा निर्वाचित उपाध्यक्ष हितमान गुरुङ, प्रवक्ता डा. हेमराज शर्मा, यूरोप उपसंयोजक लक्ष्य गुरुङ, आइसीसी सदस्यहरु विश्वआदर्श पंण्डित, राजन कंडेललाई सम्मान गर्‍यो । साथै विश्व साइकल यात्री दाहाल पनि सम्मानित भए । दाहाललाई संघका अध्यक्ष कुल आचार्यले खादा लगाएर सम्मान गरे ।

प्रवासमा रहेका नेपालीहरुको राष्ट्र र राष्ट्रियता प्रतिको दायित्व

जनकराज शर्मा
सगरमाथा र गौतम बुद्धको जन्म थलो लुम्बिनी एवं गोर्खालीहरुको विरताले हाम्रो देश नेपाललाई विश्व सामु परिचीत गराउंदै आएका छन्, शान्तिका दूत गौतम बुद्धको देश आज अशान्तिको भुमरीमा रुमलिइरहेको छ । देशको अस्तित्वमा दिन-प्रतिदिन कुठाराघात हुंदै गईरहेको छ । तर स्थिरता हुनको सट्टा अस्थिरता का ज्वारभाटा छ-छल्किरहेका छन्, राजनितीक स्थिरताको आशा राख्दै आएका देश-प्रेमी हरु निरासाको सास फेरीरहेका छन् । देशको शासनभार समाल्नेहरु एक आपसमा कर्ुर्सिर्  तानातान र र्बैमनस्यताका वादलहरु फैलाइरहेका छन्  । सच्चा देशभक्त लाई त देशको माया हुन्छ, राष्ट्रियताको माया हुन्छ र आफ्नो माटोको माया हुन्छ तर विडम्वना यी सबै कुराहरुको लेखाजोखा गर्नेहरु ओझेलमा परेका छन् । शान्ति प्रिय देश नेपाल  आज गृहयूद्धको चपेटामा परिरहेको छ । दिन दिनै नेपालीहरु बिदेशीने क्रमपनि बढ्दो छ । राष्ट्रको जनशक्ति विदेशी भुमीमा आफ्नो परिश्रम र पसिना चुहाईरहेका छन् । यिनै प्रवाशीहरुले पसिना चुहाएर कमाएको धनले राष्ट्रको विकासमा के कति सघायको छ भन्ने कुराको मूल्याङ्गकन हुन जरुरी देखिन्छ ।
विभिन्न उदेश्य बोकी नेपालीहरु संसार भरि छरिएर रहेका छन् । विशेष गरि रोजगारीको सिलसिलामा विदेशीनेहरुको प्रतिशत धेरै भएको पाईएको छ । मध्यपूवर्का देशहरुमा नेपालीहरु अन्य देशहरुको तुलनामा अत्याधिक छन् र देशको आर्थिक स्रोतको रुपमा विदेशबाट नेेपालीहरुले पठाएको रेमिटेन्स पनि एक प्रमुख हो । आफु जन्मेको देश जो आज विभन्न समस्याहरु भोगेर बिकासको गति लिनुको सट्टा विश्राम लिईरहेको अवस्थामा प्रवासमा रहेका नेपालीहरुले राष्ट्रिय हित एवं राष्ट्रप्रति आफ्नो कर्तब्यलाई आत्मसाथ गर्दै देश निर्माणमा सहयोग पुर्‍याउनु जरुरी छ । विदेशमा आएर आफुले सिकेको सिप विभिन्न अनुभवहरुलाई नेपाली भूमीमा गएर त्यसको अनुसरण गर्न सकेमा राष्ट्रप्रतिको सच्चा प्रेम बफादारिता एवं कर्तव्यनिष्टको रुपमा आफुलाई राख्न सकिने छ र भावि पिढीको उज्वल भविश्य बन्ने छ । मध्यपुवर्का देशहरुमा नेपालीहरु सानो देखि लिएर ठूलो तह सम्मको नोकरीहरु गरिरहेका छन् , भने यी देशहरुमा नेपालीहरु विच विभिन्न संघसंस्थाहरु एवं समाजहरु क्रियासिल हुंदै आएका पनि छन् । सबैको एउटै उद्देश्य छ , अप्ठयारोमा परेकाहरुलाई उद्धारगर्ने एवं आ-आफ्नो धर्म, संस्कृती, रिति, रिवाजको जगेर्ना गर्ने । जसरी हालको स्थितीमा नेपालमा विभिन्न क्षेत्र, तह आदि इत्यादिहरुको आ- आफ्ना फोरमहरु निर्माण भई सरकारलाई आफ्नो फोरमका मागहरु पुरागर्नलाई दवाव दिइरहेका छन् । समग्रमा भन्नुपर्दा नेपाल रहे म नेपाली हु भनी गर्व गर्न सकिन्छ तर नेपालको अस्तित्व नै संकटमा परिरहेको अवस्थामा राष्ट्रिय हितका सवालमा केन्द्रित नभइ क्षेत्रीय, भेगीय, जातीय आदिको नारादिदै राष्ट्रिय विकासका गतिविधीमा अवरोध पुर्‍याउनु नै आफ्नो मातृभुमी प्रती उपेक्ष गरिएको ठहरिन्छ । त्यसैगरि प्रवासमा रहेका सम्पुणर् नेपालीहरुले देश प्रती चुकाउनु पर्ने दायित्व कहिले विर्सनु हुंदैन । विगत  केही वर्षेखि विशेष गरि खाडी राष्ट्रहरुमा विभिन्न किसिमका सास्कृतिक कार्यक्रम हुने क्रम बढ्दै आएको छ , नेपालवाट ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रण गरि भरपुर मनोरन्जन दिने कामहरु भईरहेको छ विदेशमा बसेर, नेपाली कला, संस्कृती लाई जीवन्त दिइरहनु एकदम प्रशंसनिय कायर् हो तर वेला बखतमा सरकारी निकायका व्यक्तिहरुद्धारा प्रवासमा रहेका प्रवासी नेपालीहरुलाई जनचेतना मुलक कार्यक्रमको आयोजना गरि राष्ट्र र राष्ट्रियहीतका विषयमा छलफल ,अन्तक्रिया गर्नु जरुरी देखिन्छ । जसवाट देशप्रतिको जिम्मेवारी बोध हुनुका साथै विकास निर्माणका कार्यहरुमा अग्रसर हुन प्रोत्साहन गराउंछ । प्रवाशी नेपलीहरुको संगठन -गैर आवाशिय नेपाली) ले पनि आफ्ना प्रभावकारी कार्ययोजनाहरुलाई व्यापकरुपमा अगाडी बढाउंदै तल्लो स्तरमा काम गर्ने व्यक्ति देखि उच्च तहमा काम गर्ने व्यक्तिहरुसम्म लाई आफ्नो उद्देश्य, निति , कार्ययोजना र NRN को औचित्य बारे जानकारी गराइ उनिहरुको सक्रृय सहभागिता गराउनु पर्ने तिर पनि विषेश ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ ।
डा.विकाशानन्द ले भन्नु भएको छ \”संसारलाई बदल्नु छ , शुरु आफैवाट गर्नु छ \” सांच्चि नै संसारलाई बदल्नलाई सुरुवात आफैवाट गर्नु पर्ने हुन्छ । त्यसैले प्रत्येक व्याक्तिले जो प्रवासमा छन् उनिहरुको मनमा नेपालप्रति आफ्नो दायित्व सकारात्मकरुपमा भएको हुनुपछर् । नेपाल सरकारले पनि विदेशमा रहेका नेपालीहरुको मनोभावनालाई उच्चपार्न एवं देशको विकासकार्यमा उनिहरुको सक्रिय सहभागिता गराउनका लागि जन चेतना मुलक कार्यक्रमहरुको तर्जुमा गर्नुपर्ने आवश्यकता देखिन्छ । सरकारी निकायवाट एउटा प्रवासी जन-चेतना मुलक घुम्ती टोली बनाई सम्पूणर् देशहरुमा गई देशविकासका लागी प्रवासी नेपालीहरुको भूमिका वारे सकारात्मक सन्देश दिंदै उनिहरुका समस्याहरु संकलन गरि त्यसको समाधान गर्न तर्फउक्त घुम्ति टोलीले सम्बन्धित निकायमा जानकारी गर्राई त्यसको समाधान गर्नु पर्ने तर्फ ध्यान दिएमा नेपालीहरुले भोगेका समस्याहरुको संख्या घट्ने  र विदेसमै बस्ने सोच बनाएका नेपालीहरु पनि स्वदेशमा गई केही गर्नु पर्छ भन्ने भावनाको विकास हुन्छ ।

१२ नेपाली श्रमीक मलेसीयामा अलपत्र

काठमाडौं, माघ ७ । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली श्रमीक अलपत्र परेका छन । मलेसीयाको कान्जाक राय एसडीएन बिचडी पुगेका श्रमिकहरु बीचल्लीमा परेका हुन ।

उनीहरु मेनपावर कम्पनीले भने बमोजिम काम नभएको र त्यहास्थित मेनपावरलाई बुझाउने रकम धेरै भएपछि विचल्लीमा परेको वताइएको छ । अर्जुन कुमार दर्जी, लोकबहादुर थापा, मोहन बस्नेत, ऋतुवर्ण कार्की, टेकबहादुर कुँवर, तीलक बराइली, तुलबहादुर विस्वकर्मा, डेगेन्द्र चौधरी गरी १२ जना विचल्लिमा परेका हुन ।

हाल उनिहरुलाई मलेसियाको बातुपहात स्थित जंगलको बीचमा राखिएको जनाएका छन । उनीहरुलाई पिउने पानी, खाना र बस्न समेत उचित व्यवस्था छैन । १ जनवरी २०११ म मलेसिया पुगेका उनिहरु मध्ये तीन जना श्रमिकहरु तीलक बराइली, तुलबहादुर विश्वकर्मा र डेगेन्द्र चौधरीले भने मलेसिया पुगेदेखिनै नै काम र खर्च नपाएपछि दयनीय अवस्थामा दिन कटाइरहेका छन् । उनिहरु जनही ७५ हजार देखि १ लाख १० हजार सम्म तिरेर मलेसिया पुगेका हुन ।

पहिलो पटक नेपाली घर जग्गा मेला

विजय पौडेल /न्युयोर्क/न्युयोर्क शहर स्थित अस्टेरियामा विश्वमै पहिलो पटक नेपाली घर जग्गा मेला सम्पन्न भएको छ। दुइ दिन सम्म चलेको उक्त मेलाको नाम नेपाल घर जग्गा  मेला दिइएको छ। उक्त मेलाको उद्घाटन संयुक्त राष्ट्र संघका लागि राजदूत मधुरमण आचार्यले गर्नु भएको थियो। प्ा्रदर्शनिमा नेपालका २३ लाख देखि २ करेाड ७८ लाख रुपैंया सम्म मुल्य भएका प्राइभेट हाउस र फ्ल्याटहरुको जानकारी तथा बुकिङ्ग समेत खुल्ला गरिएको थियो। ओरेन्टल बिल्डर्स, इम्पोरियल अर्पाटमेन्टस, वरुण डेभलोपर्स प्राइभेट लि. पार्क भिउ हेराइजन गण कोलोनी सिभिल हेम्स आदिले मेलामा सहभागिता जनाएका थिए। Write comment
Follow

Get every new post delivered to your Inbox.