Category Archives: -भिडियो समाचार

राष्ट्रिय प्रस्तुत,प्रमुख,घटना

Nepali news

<embed src=’http://www.ekantipur.com/multimedia/player.swf’ height=’320′ width=’468′ allowscriptaccess=’always’ allowfullscreen=’true’

संवैधानिक परिषदको निर्णय फिर्ता हुनुपर्ने माग राखेर संसदको बैठक बहिष्कार

काठमाण्डौ  । एकीकृत नेकपा माओवादीले आफुहरुलाई सरकारले वेवास्ता गरेर संवैधानीक निकायमा नियुक्तिको सिफारी गरेको भन्दै बिभिन्न तीन माग राखेर  व्यवस्थापिका संसदको वैठक बहिस्कार गरेको छ । माओवादी बहिष्कारसंग आईतवारको सदनको कारबाही चल्न सकेन । लामो समय देखि सुचारु रुपमा चल्दै आएको सदन पुनः आईतवार माओवादीका कारण अवरोध भएको छ ।संविधानसभा भवन नयाँबानेश्वरमा सदन सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दलका तर्फबाट माओवादी उपनेता नारायणकाजी श्रेष्ठले बोल्दै सदन बहिस्कारको घोषणा गरेका थिए  । माओवादीले सदन बहिष्कार गरेपछि बैठक पर्सी  मंगलबार २ बजे सम्मका लागि स्थगित भएको छ । माओवादीले संवैधानिक परिषदको निर्णय फिर्ता हुनुपर्ने प्रमुख माग राखेर संसदको बैठक बहिष्कार गरेको हो ।

आजदेखि दैनिक ११ घण्टा लोडसेडिङ

काठमाडौं,१४ माघ/ नेपाल विद्युत प्रधिकरणले लोडसेडिङको अवधि आजदेखि दैनिक एघार घण्टा पुर्‍याएको छ । यसअघि प्रधिकरणले दैनिक नौं घण्टा लोडसेडिङ गर्दै आएको थियो । प्रधिकरणको भार प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटका अनुसार खोला र नदीमा पानीको बहाव कम हुँदै गएकोले लोडसेडिङ बढाउनु परेको हो । निर्देशक भाटले तत्काल हिउँ नपग्लिने र वर्षा पनि नहुने हो भने लोडसेडिङको समयावधी अझै बढ्न सक्ने बताउनुभयो । सरकारले यो वर्ष १२ घण्टा भन्दा बढी हुन नदिने दावी गर्दै आएको भएपनि पछिल्लो अवस्था हेर्दा यस वर्ष पनि अघिल्लो वर्षकै नियति दोहोरिन सक्छ । आजबाट जारी गरिएको लोडसेडिङको नयाँ तालिका अनुसार प्रत्येक दिन विहान छ घण्टा र राती पाँच घण्टाको दरले लोडसेडिङ हुनेछ । नयाँ तालिका अनुसार नेपाल सरकारको स्वामित्वमा संचालित औद्योगिक क्षेत्रहरुमा दैनिक बेलुका छ बजेदेखि विहान छ वजेसम्म, हेटौडा-बीरगन्ज क्षेत्रमा रहेका ६६ के.भी. उपभोक्ताहरुले पनि बेलुका छ बजेदेखि विहान छ बजेसम्म, परवानीपुर सवस्टेसनका बीरगन्ज, सिमरा, नितिनपुर र डावर फिडरहरुको लोडशेडिङ दैनिक विहान १० बजेदेखि राति १० बजेसम्म, परवानीपुर सवस्टेसनका हिमाल र जगदम्बा सिमरा सवस्टेसनका डुमरवाना, जितपुर, नरबस्टि, हुलास र ढल्केवारको औद्योगिक फिडर हरुका लोडशेडिङ्ग दैनिक बेलुका छ बजेदेखि विहान छ बजेसम्म लोडसेडिङ हुने छ । त्यस्तै आफ्नो छुट्टै फिडर भएका उद्योगहरु भृकुटी कागज, जनकपुर चुरोट कारखाना, एभरेष्ट पेपर मिल्सको दैनिक बेलुका छ बजेदेखि विहान छ बजेसम्म र बुटवल भैरहवा क्षेत्रका औद्योगिक फिडरहरुमा भने बेलुका छ बजेदेखि विहान चार बजेसम्म लोडसेडिङ हुनेछ ।

आर्थिक र राजनैतिक क्रान्ति एकैसाथ ःडा। भट्टराइ

एकिकृत न्ोकपा माओबादीका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री डा। बाबुराम भट्टराइले राजनैतिक र आर्थिक क्रान्ति एकैसाथ हुनुपर्ने बताउनुभएको छ । एकिकृत माओबादीको तमुवान मगराँत राज्यसमितिको बृहत भेलालाई सम्बोधन गर्न म्याग्दी सदरमुकाम आउनुभएका डा। भट्टराइले पुरानो राज्यसत्तामा रहेको सामन्ती व्यवस्थाको अन्त्य गरि जनताले चाहेको राज्य संरचनाको विकास गर्नसकेमा आर्थीक समुन्नत सहितको नेपाल निर्माण हुने बताउनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत भेटघाट कार्यक्रममा बोल्दै डा। भट्टराईले म्याग्दी जिल्लामा भएका औद्योगिक संरचनालाई मजबुत बनाउनेहो भने यहाँको आर्थीक विषयमा ठुलो ठेवा पुग्ने समेत जिकिर गर्नुभयो ।

म्याग्दीमा पर्यटकिय सम्भावनाहरु अत्याधिक भएको स्मरण गर्दै त्यसको प्रयोगका लागि पुर्वाधारको विकास हुन जरुरी रहेको बताउँदै विद्युत उत्पादनका लागि तोकिएका योजना तत्काल शुरुगर्न सम्वन्धित निकायलाई घच्घच्याउन समेत अनुरोध गर्नुभयो ।

क्ार्यक्रममा नेपाल उद्योग वाणिज्य महाँसंघका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठले म्याग्दी जिल्लामा पर्यटन जलश्रोत कृषि लगायतका क्षेत्रका समस्या र समाधानका उपायका बारेमा केन्द्रले पहल गर्नसकेमा धौलागिरि अंचलमै उत्कृष्ट जिल्लाका रुपमा म्याग्दीलाई चिनाइने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनी पुर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ लगायतले म्याग्दीका समस्याका बारेमा अवगत गराएका थिए ।

लन्डन जाने बसमा नेपालीको चासो

सुशील भट्टराई, काठमाडौं, पुस २९- याला एड्भेन्चरका प्रबन्ध निर्देशक यदु लामिछानेलाई मंगलबार मोबाइल र टेलिफोन उठाउँदैमा फुर्सत भएन। छिनछिनमा आएका फोनकलमा उनले एउटै प्रश्नको जवाफ दिनुपर्‍यो – काठमाडौंबाट बस चढेर लन्डन र सिड्नी जान के गर्नुपर्ला? विभिन्न देशमा साहसिक बस यात्रा सञ्चालन गर्दै आएको बेलायतको ओज-बस युके लिमिटेडले लन्डन-काठमाडौं र सिड्नी-काठमाडौं दोहोरो पर्यटक बस सेवा सञ्चालन गर्ने घोषणा गरेपछि नेपाली र विदेशी पर्यटक धेरैले यसमा चासो देखाएका छन्। ‘दिनभरि फोन आएको आयै भयो,’ ओज-बसका नेपाली साझेदार याला एड्भेन्चरका लामिछानेले नागरिकसँग भने, ‘सबैले कसरी जानुपर्छ, भिसा कसरी लिने, होटलको व्यवस्था के छ भनेर सोधे। नेपालीलाई पनि यति धेरै चासो होला भनेर मैले सोचेकै थिइनँ।’ कम्पनीले फागुन २ देखि लन्डन-काठमाडौं र जेठ १३ देखि काठमाडौं-लन्डन बस सञ्चालन गर्न लागेको हो। त्यस्तै, काठमाडौं-सिड्नी चैत २१ र सिड्नी-काठमाडौं चैत २९ देखि सुरु गर्ने कार्यक्रम छ। आन्तरिक द्वन्द्व, बन्द-हडताल लगायत कारणले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि खस्किएकाबेला यो बस सञ्चालनले नेपालको पर्यटन प्रबर्द्धन गर्ने सम्बन्धित व्यवसायीहरूले बताएका छन्। पहिलो खेपमा १० समूहका करिब दुई सय पर्यटक बस चढेर लन्डनबाट काठमाडौं आउँदैछन्। ‘तिनका लागि होटल बुकिङ गर्ने काम सुरु भइसकेको छ,’ उनले भने, ‘काठमाडौं, पोखरा र चितवन घुमाउने कार्यक्रम रहेकाले त्यहाँ होटल बुकिङ गरिरहेका छौं।’ नेपाल बसाइका क्रममा स्थानीय यातायातदेखि होटल व्यवस्थापनको सम्पूर्ण जिम्मा ठमेलस्थित यालाले पाएको छ। विगतमा पनि यहाँसम्म बस लिएर आउने गरेको ओज-बसले पहिलोपटक काठमाडौंलाई प्रस्थान र गन्तव्य विन्दु बनाएको हो। यसअघि यो साहसिक बस यात्रामा काठमाडौं १७ देशको रुटभित्र पर्ने गरेको थियो। ‘अबदेखि यहीँबाट सेवा सुरु हुने भएपछि साहसिक यात्रामा नेपाल आउन चाहने र यहाँबाट जान चाहने पर्यटकलाई थप सुविधा मिल्नेछ,’ उनले भने, ‘कम खर्चमा संसार घुम्न चाहने नेपाली र यहाँ आएका विदेशी पर्यटकलाई लक्ष्य गरेर हामीले यो कार्यक्रम ल्याएका हौं।’ अहिलेसम्म युरोपेली मुलुक, अस्ट्रेलिया र अमेरिकाबाहेक अन्य देशका नागरिकले यो सेवा लिएका छैनन्। नेपालबाट गुड्ने भएपछि भारतीय पर्यटक पनि आउन सक्ने उनले बताए। लामिछानेका अनुसार बस चढेर काठमाडौं-लन्डन साहसिक यात्रा गर्न चाहनेले एकतर्फी भाडा प्रतिव्यक्ति १ हजार ९ सय ९९ पाउन्ड (२ लाख ३४ हजार ५ सय ६२ रुपैयाँ) खर्च गर्नुपर्छ। काठमाडौं-सिड्नीको भाडा दर पनि यति नै छ। यो प्याकेजमा बिहानको नास्ता र होटल सुविधासहित प्रत्येक देशमा ‘सरप्राइज डिनर’ पर्ने उनले जानकारी दिए। यसबाहेक यात्रुले बाटोमा पर्ने सम्बद्ध देशको भिसाको व्यवस्थापन र त्यसमा लाग्ने खर्च आफैंं बेहोर्नुपर्छ। दिउँसो र बेलुकीको खानाको जिम्मा पनि पर्यटककै हुनेछ। ‘प्याकेजबाहेकको खर्च जोड्दा पनि यो धेरै सस्तो यात्रा हो,’ उनले भने, ‘यति पैसा बोकेर १३ वटा देश घुम्दै लन्डन पुग्नु ठूलो कुरा हो।’ सन् २००८ देखि लन्डनबाट सिड्नी र अमेरिका बस चलाउँदै आएको ओज-बसले पर्यटकबाट छोटो दूरीको माग भएपछि काठमाडौं यात्रा सञ्चालन गर्ने निर्णय गरेको हो। फागुन २ गते लन्डनबाट छुट्ने बस ४६ दिनमा काठमाडौं आइपुग्छ। एउटा बसमा कम्पनीका दुई कर्मचारी र कम्तीमा २० जना पर्यटक रहनेछन्। प्रत्येक देश छिरेपछि त्यहीँको स्थानीय बस प्रयोग गरिन्छ। सबै बस पूर्णवातानुकूलित र आरामदायी हुने कम्पनीले जनाएको छ। ‘एउटा देशबाट अर्को देशको सीमामा पुगेपछि बसबाट ओर्लिएर होटलसम्म पुग्दा यात्रुले आफ्नो सरसामानको जिम्मा आफैं लिनुपर्छ,’ लामिछानेले भने। काठमाडौं-सिड्नी यात्रा गर्दा भने बीचमा समुद्र पर्ने हुँदा हवाई यात्रा पनि गर्नुपर्छ। यसका लागि यात्रुले थप खर्च जुटाउनुपर्ने उनले बताए। प्रेसिडेन्ट ट्राभल एन्ड टुर्सका अध्यक्ष भोलाविक्रम थापाले पनि यो बस सेवा सञ्चालन ‘नेपालको पर्यटन उद्योगका लागि सकारात्मक संकेत’ भएको बताए। ‘नेपाल पर्यटन वर्ष २०११ का लागि पनि यो सेवा सेवाबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा राम्रो सन्देश जानेछ,’ युरोपेली मुलुकहरूभित्र चल्ने रेल युरोपको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) थापाले भने। साहसिक पर्यटन गतिविधि चाहने र सेवा निवृत्तहरू यस्तो यात्रामा आउने भएकाले यहाँको पर्यटन उद्योगका लागि फाइदाजनक हुने उनको धारणा छ। ‘यस्तो यात्रामा आउनेले बढी पैसा खर्च गर्छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश जान्छ। नेपाली सौखिनहरू पनि जान सक्छन्।’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष तथा शिवा ट्राभल्सका सञ्चालक अर्जुनप्रसाद शर्माले यसबाट ‘नेपालको पर्यटन प्रबर्द्धनमा राम्रो सहयोग पुग्ने’ बताए। ‘हाम्रो उद्योगलाई राम्रो सहयोग पुग्छ। तिनीहरू धेरै दिन यहाँ बस्छन्। यो यात्रालाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘यसमा नाट्टासहित सबै व्यवसायीले सक्दो सहयोग गर्नेछ।’ ओज-बसका निर्देशक एलेस्टेयर क्रिस्टलले पनि ‘विश्वभरका पर्यटकमाझ नेपाल महत्वपूर्ण गन्तव्य भएकाले यहाँ सेवा सुरु गरेको’ बताएका थिए। ‘काठमाडौं विश्वप्रसिद्ध हिमालको प्रवेशमार्ग हो। धेरैले नेपाललाई एकपल्ट पुग्नैपर्ने गन्तव्यका रूपमा लिएका छन्,’ नागरिकलाई पठाएको इमेलमा उनले लेखेका छन्।

Follow

Get every new post delivered to your Inbox.