Category Archives: - मुख्य समाचार

पोखरा लामाचौरमा शव वाहन सेवा संचालनमा

दिननाथ बराल-पोखरा,३० चैत्र/ पोखरा लामाचौरमा हालैबाट शव वाहन सेवा संचालनमा आएको छ । लामाचौर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय रुपमा रहेको नव आर्दश क्लब फराकिलो दायरामा नव आर्दश सामुदायिक विकास समाज स्थापना भए पछि एम्वुलेन्स सेवाको साथमा हालै शव वाहन सेवा संचालनमा ल्याएको समाजका अध्यक्ष दिलबहादुर थापाले बताउनु भयो । समाजका मानार्थ सदस्य एवम अर्थ मन्त्रालयका पुर्व सचिव बाबुराम आचार्यको पहलमा नेपाल च्याम्बर अफ कमर्श जमल काठमाण्डौले भारुती भ्यान उपलब्ध गराएको समाजका सचिव बुद्धिबहादुर खत्रिले बताउनु भयो । उहाँले समाजले पोखरा क्षेत्रमा शव वाहन सेवा संचालनमा ल्याउने बताउदै यदी कसैले यो सेवा प्राप्त गर्नको लागि ०६१-४४११०० मा सर्म्पर्क गर्न सकिने ब्याबस्था समेत मिलाएको बताउनु भयो ।

आकस्मित सेवा संचालनको लागि समाजले अक्षयकोष स्थापना गर्नको लागि ३ लाख ५० हजार संकलन गरीसकेको एम्बुलेन्स तथा शववाहन व्यावस्थापन उपसमिति संयोजक सञ्जल कुमार अधिकारीले बताउनु भयो । बुधबार समाजले नव बर्षो अवसरमा शुभकामना आदन प्रदान समेत गरेको छ । समाजका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार इन्जीनियर सुरेन्द्र पाण्डे र सुरेन्द्रमानसिंह भण्डारी समाजका संस्थापक बुद्धिबहादुर केसी, मानार्थ सदस्य बाबुराम आचार्य, आजीवन सदस्य पुष्पा केसी भण्डारी, महिला समन्वय समितिका अध्यक्ष रेनुका आचार्य, माओबादीकार् इमानबहादुर गुरुङ, एमालेका चित्रबहादुर थापा, गण्डकी उच्च माविका प्राचार्य रव्रि्रसाद बराल, समाजका उपाध्यक्ष धर्ममानसिंह भण्डारी, सचिव बुद्धिबहादुर खत्रि, सहसचिव सुसिल केसी, खेलकुद पत्रकार मञ्च कास्कीका कोषाध्यक्ष दिननाथ बराल लगायतले शुभकामना व्यक्त गर्दै समाजले सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गर्नु भएको थियो ।

getbox</a>! Not seeing a widget? (<a href=”http://support.widgetbox.com/”>More info</a>)</noscript>

प्याराग्लाईडिङको त्यो क्षण – केवल गंगा गुरुङग

एकैक्षण आफुलाई चरा सम्झे । अर्को जन्ममा म त चरा भएर जन्मिन पाए । अँ मान्छेले मारेर खाइदिन्छ अनि । म नभेट्ने गरी उड्छुनी । वालपनको वार्तालापहरु पनि सम्झे – सम्झे म चरा भएछु यो जुनि मै अर्को जुनि कसले देखेको छ र ?मान्छेहरु भोलीको विश्वास गर्देनन् अर्को जुनीको त के । अनि खुसीले गदगदिए अर्को जुनिको कल्पना विपनामा पाएर । हवाई खेलकुद संघको आयोजना र साथी डेवीडको कारणले जुरेको थियो । यो खुसी मलाई । १३औं प्याराग्लाईडिङको प्रतियोगिताको उदघाटनमा उडान भर्ने अवसर मिल्यो मलाई साथीको अनुरोधमा । खुसीले अघिल्लो रात निन्द्रा नै परेन । पैसा नतिरी क्रसकन्ट्री उड्न पाउनु त सौभाग्य हो मेरो लागि । त्यो भन्दा पहिला पनि ४० मिनेट उडेको थिए डेविट सँगै तर इच्छा पुरा भएको थिएन मेरो । नत्र नेपालीलाई ४५०० तिरेर मात्र उडाईन्छ । साथीको नाताले निशुल्क उडान भर्ने मौका जुरेको थियो । सुन्दर नगरी पोखरालाई पर्यटन विकाशको हेतुले राखिएको यो प्रतियोगितामा धेरै देशका प्रतियोगी माझ नेपालीहरु पनि थिए । कोही शोलो त कोही टेण्डम एक्लै उड्नेलाई शोलो र प्यासेन्जर सँग उड्नेलाई टेण्डम भन्दा रहेछन् । मेरो टेण्डन थियो । कोरिया र यूरोप जस्तो मुलकमा विजेता बनिसकेका संसारको ५०औं उत्कृष्टमा पर्ने स्पेनि मित्र डेविटसँग उड्न पाउनु मेरो निम्ती खुशी र भाग्य दुवै थियो । चरा झै आकाशमा बादल माथि फनफनी घुम्दै तलको जङ्गल, गाउँबस्ती, गोरेटो, शहर, ताल, नदीहरु हेर्नुको मजा नै अर्को । कतै म भगावन त हैन आकाशबाट पृथ्वी हेर्ने जस्तो कल्पनाले मन रोमाञ्चीत थियो । २,५३५ मिटरको उचाईमा एक घण्टा ३७ मिनेटको उडान एकदमै सफल रह्यो । पाईलटहरु उडान बिग्रने डरले पुरानो, निडर र स्वास्थ्य प्यासेन्जर खोज्दा रहेछन् । म त्यो भित्र परे । उडान पछिको रात पनि निन्द्रा परेन । त्यसैको उपज हो यो । यस्तो धेरै कुराहरु छन् त्यसबाट हामी सिक्न सक्छौं । सरकारले ध्यानमा राखी सर्व -सुलभ तरिकाले प्याराग्लाईडिङ तालिमको व्यवस्था मिलाउन सके प्याराग्लाईडिङ कम्पनीहरुले सिजनमा विदेशी पाईलटहरुको प्रतिक्षा गर्नु पर्देन थियो कि ।

पोखरा

एउटा बन्द सकिन पा’छैन अर्को बन्दको प्रचार

Banda 2012 चित्रबहादुर केसीको By Salokya, on April 9th, 2012 राष्ट्रिय जनमोर्चाले आज सोमबार गरेको बन्दले यस्ता बन्दहरुको ढोका खोलिदिएको जस्तो छ। हेर्नुस् त माथि यही हप्ताको अर्को बन्दको पोस्टर टाँसिएको! (बन्द कहिले हो भनेर प्रचार चाहिँ नगरौँ होला यहाँ। अपडेटः त्यो समूहले आज सरकारसँग वार्ता गरेर ३० गतेको बन्द फिर्ता लिएछ) यसै पनि अहिलेको मौसम बन्दको मौसम हो। संविधान सभाको म्याद सकिन लाग्दा जहिले नि यस्ता बन्दहरुले हामीलाई दिक्कै बनाउँछन्। बन्दैबन्दले दिक्क भएका राजधानीवासीहरुले बीचमा कयौँ बन्दलाई लोप्पा खुवाइदिएका थिए। तर लामो समयपछि भएको आजको बन्दले प्रभाव भने पारेको छ। त्यसो त पहिले जस्तो ठप्पै हुने बन्द भा’को छैन। पसलहरु खुला छन्, मोटरसाइकलहरु पनि प्रशस्त चलेका छन्। तर स्कूल, कलेज र सार्वजनिक सवारी साधनहरु बन्द भएपछि बन्दको दुःख हुने नै भयो। कस्तो दुःख पाए त सर्वसाधारणले ?माइसंसारको फेसबुक पेजमा सागर प्रसाइँ लेख्छन्- मेरो अमेरिकी दूतावासमा एउटा कार्यक्रम थियो। म ह्लिलचियर प्रयोग गर्नुपर्ने मान्छे हुँ। त्यहाँ जान र आउनलाई मैले ट्याक्सीमा डबल भाडा तिर्नुपर्‍यो।त्यसैगरी पवन खनाल लेख्छन्- मेरो साथीकी छोरीले यो बन्दका कारण तीन घण्टा हिँडेर एक्जाम दिन जानुपर्‍यो। सुमन दाहालको आज जबको इन्टरभ्यु थियो, तर बन्दले जान पाएनन् अनि सुवास आक्रोश पोख्छन्- यस्तो नि बन्द हुन्छ ? कि पूरै बन्द गर्नुपर्‍यो कि पूरै खुल्ला। बाइक हुनेहरु चाहिँ मस्तीले कुदाउने अनि नहुनेहरु चाहिँ मर्कामा पर्ने, यो उचित भएन।  बन्दको प्रभाव ठाउँ अनुसार फरक छ। कलंकी-कालिमाटीतिर पसलहरु अधिकांश खुला थिए। ट्याक्सी र मोटरसाइकलहरु प्रशस्तै चलेका छन्। सार्वजनिक सवारी साधन बस, माइक्रो र टेम्पोहरु भने चलेका छैनन्। कल‌ंकी चोकमा लामो दूरीका बसहरु भने चलेका देखिन्छन्। सुमी निरौला भन्छिन्- बन्दको प्रभाव खासै देखिएन। अनु मगर भन्छिन्- बन्द भन्छ तर पनि सब सामान्य देखिन्छ।बन्द आयोजकहरु भने सडकमा देखिएका छैनन्। तर पर्चा र पम्पलेटिङ अनि भित्ते लेखन भने निकै दिनदेखि गरिएको थियो।उफ्…साह्रै थाकियो, एकछिन बस्छु..!!

‘पार्टी भित्रको बिवादले शान्ति प्रक्रिया अड्कन्न’

काठमाडौं -   (स्रोत रासस) प्रकाशनको मिति ०३ अप्रेल २०१२ १२:३५ बजे

एकीकृत नेकपा (माओवादी) का पोलिटव्यूरो सदस्य हरिवोल गजुरेलले आफ्नो पार्टी भित्रको बिवादका कारण शान्ति प्रक्रिया नअड्कने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित  साक्षात्कारमा उहाँले शान्ति प्रक्रियासँगै संविधान निर्माण सबैको साझा बिषय भएकाले सबैपक्षको भावनालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेता गजुरेलले पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले पनि शान्ति र संविधानकै लागि भन्दै जनदबावका कार्यक्रम चलाइरहेकाले दुबै प्रक्रियामा अहिलेसम्म कुनै बाधा नपुर्‍याएको उल्लेख गर्दै शान्ति र संविधानको पक्षमा होकीहैन भन्ने कुरा जेठ १४ पछि थाहा हुन्छ भन्नुभयो ।
अहिलेको सङ्क्रमणकालिन अवस्थामा कुनैपनि दल विभाजित हुनु मुलुकमा अनिष्ट निम्तनु हो भन्दै उहाँले आफ्नो पार्टीमा राजनीतिक कार्यदिशाको सकारात्मक बहस चलिरहेकोले अन्ततः पार्टीभित्रका सबैखाले अन्तरद्वन्द्व एक ठाउँमा पुगेर टुङ्गीने दावी गर्नुभयो ।
एक अर्को प्रसङ्गमा नेता गजुरेलले जारी शान्ति प्रक्रियामा कांग्रेस समेत सकारात्मक भएको अवस्थामा एमाओवादी र एमालेबीच बिवाद उत्पन्न हुनु दुःखद भएको टिप्पणी गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीले जोखिम मोलेर लचकताका साथ अघि बढ्दा एमालेले अड्को झिक्नुले गम्भीर प्रश्न उब्जाएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का नेता भीम रावलले प्रधानमन्त्री आफैले बनाउन लगाएको सेना समायोजन सचिवालयको कार्यायोजनामा सातबुँदे सहमति अनुरुप छलफल गरी टुङ्ग्याउन नचाहेको आरोप लगाउदै विधि प्रक्रिया र मापदण्ड नभई कार्यतालिका ल्याउनुको औचित्य नभएकोले आफ्नो पार्टीले बिमति राखेको तर्क गर्नुभयो ।
उहाँले लामो समयको छलफल र बहसपछि ल्याएको कार्ययोजनामा पछिल्लो बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अत्यन्तै सकारात्मक भएपनि प्रधानमन्त्री बाबुराम भट्टर्राईले आनाकानी गरिरहेको टिप्पणी गर्नुभयो ।
नेता रावलले प्रधानमन्त्री साच्चिकै सात बुँदे सहमति अनुरुप विधि प्रक्रिया र मापदण्ड तयार गरेर अघि बढ्न चाहे आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Follow

Get every new post delivered to your Inbox.