Category Archives: - संकलित संग्रह

सम्पूर्ण संग्रह

एन डि एफ, बेल्जियम स्थापनाकाल्देखिनै बेल्जियमको नेपाली समाजलाई सबल र समुन्नत बनाउन आफ्नो क्षेत्रबाट सक्दो योगदान दिदै आइरहेको र बेल्जियमको नेपाली समाजमा राम्रो सँग स्थापित भएको बेल्जियम बासी ठुलो हिस्सा नेपालीहरुको अत्ती नै प्यारो संगठन हो। त्यसकारणले यस् संगठनका नेता तथा कार्यकर्ताहरु बेल्जियमको समाजमा राम्रो सँग स्थापित तथा अनुकरणिय भएका छन र साथै यस् संगठनले अहिले सम्म बेल्जियममा भएका कुनै पनि संघ सस्था हरु प्रती आग्रह, पुर्वाग्रह र दुराग्रह राखेको छैन र कहिले पनि राख्ने पनि छैन। किन भने कसै प्रती आग्रह र पूर्वग्रह राखेर वा अनाहकमा हिलो छ्यापेर अर्थात गाली गलोज र अश्वष्थ ढंगले ताछेर वा मुठारेर आफ्नो कद अग्लो बनाउने गलत मार्ग लाई कहिले नस्विकार्ने सस्था हो। सधै जिम्वेवार ढङ्ले समाज र मुलुकको लागि यथासक्य योगदान दिइरहेको संगठन भएकोले आफ्नो असल भूमिका बाट मात्र स्थापित हुन सक्ने पवित्र मुल्य मान्यता बोकेको संगठनले कुनै पनि संघ सस्थाहरु सँग अश्वस्थ्य प्रतिस्पर्धा गर्नु पर्ने ठान्दैन र अस्वस्थ्य तरिका वा मार्ग अब्लम्बन कहिल्यै गर्दापनी गर्दैन।

बिभिन्न साझा सवालहरुमा सकभर साझा अवधारणा बनाएर सबै सँग संगै हातेमालो गरेर अघि बढौ र जिम्मेवारी ढंगले समाज र मुलुक प्रती यथासक्य योगदान गरौ भन्ने सवालमा अत्तिनै सचेत यस् संगठनले गत एन आर एन ए, बेल्जियमको निर्वाचनको संघारमा हदभन्दा बढी लचिलो भएर सर्ब सहमतिको नेत्रित्व निर्माणको लागि अथक प्रयत्न गरेको कुरा सर्बत्र जगजाहेर नै छ। सबै शक्तिको सर्बसहमतीको नेत्रित्व निर्माण गर्न नसकेपछी मात्र बामपन्थी र गैर बामपन्थी समुहमा ध्रुबिकरण भएर निर्वाचनमा गएको भएतापनी मिस्रित परिणाम् निस्किसकेपछी जनमतलाई सहर्स्व स्विकारी जन संपर्क समिती कै प्रतिनिधि एन आर एन, बेल्जियमकी अध्यक्ष श्रीमती जानकी गुरुङको नेत्रित्वको एन आर एन लाई सफल बनाउन एन डि एफ का प्रतिनिधिहरु र सिङो संगठनले आफ्नो क्षेत्रबाट इमान्दार पूर्वक लागिरहेको तथ्य दिनको घाम जत्तिकै छर्लङ छ। यसैले पनि जन संपर्क समिती लगायत कुनै पनि संघ संगठनहरु प्रती एन डि एफ नकरात्मक नरहेको जो कोहिले पनि सजिलै बुझ्न सक्ने कुरा हो।

एन आर एन क्षेत्रिय समितिहरु निर्माणको सम्बन्धमा एन डि एफ, बेल्जियमले कुनै आग्रह र पूर्वग्रह कसै प्रति राखेको छैन र एन आर एन मा काम गर्न इच्क्षुकहरुलाई योग्यता र क्षमताका आधारमा समेट्दा राम्रो हुन्छ भन्ने सम्मको अनुरोध हो। सामाजिक सस्थाहरुमा जो आएपनी इमान्दार पूर्वक काम गर्ने भएपुग्छ भन्ने मान्यतामा नि: सँकोच द्रिढ छ र यस् संगठनमा रहेका धेरै सामाजिक कार्यकर्ताहरु ती निर्मित छेत्रीय समितिहरु अन्य बिभिन्न सस्थाहरुको जिम्मेवार पदमा रहेका छन र तेस्लेनै पुस्ठी गर्दछकी एन डि एफ, बेल्जियमका नेता तथा कार्यकर्ताहरु सामाजिक कार्यमा जिम्मेवार पूर्वक स्वस्थ्य तथा स्वभाविक प्रतिस्पर्धामा अग्रणी छन र सबैले यसै गरी स्वस्थ्य तथा स्वभाविक प्रतिस्पर्धामा उत्रिउन भन्ने अपेक्षा राख्दछ। बेल्जियमको नेपाली समाजका नराम्रा पाटाहरुलाइ सुधारेर एक सबल र समुन्नत एकिक्रित समाज निर्माणका लागि सदैब सचेत पूर्ण भूमिका निभाउन अग्रपन्क्तिमा अग्रशर यो संगठनले अन्य संगठनहरु प्रति दरार उत्पन्न गराउने, नेपाली समुदाय विचको सहिष्णुतामा खलल पुर्याउने, दुरगामी नकरात्मक प्रभाव पार्ने र सभ्य ढंगले आफ्ना बिचारहरु प्रस्तुत गर्नुको सट्टा अत्तिनै असभ्य ढंगले हुलहुज्जतमा उत्रने हर्कतहरुलाई नियन्त्रण नगर्दा नै सामाजिक सदभाव र सहिस्णु खलबलिन जान्छ भन्ने जिम्मेवारी बोधकै कारण जिम्मेवार हुनका लागि बक्तब्य मार्फत अनुरोध गरेको हो। अन्यथ्या यो संगठनले पनि तेसैगरी हुल्हुज्जतकै मार्गलाई पछ्याउदथ्यो।

आफ्ना नराम्रा हर्कत सुधारेर जिम्मेवार ब्यक्तित्व र नेत्रित्व निर्माणको अनुरोधलाई अन्यथा रुपमा लिने र गलत हर्कत हरुलाई ढाक छोप गरेर अघि बढ्ने नकरात्मक प्रबित्तीले सिङो समाजमा मात्र नकरात्मक प्रभाव पार्दैन अन्तत आफ्नै ब्यक्तित्व र आफ्नो संगठनलाई पनि ध्वस्त पार्छ। त्यसैले एन डि एफ ले सबैको हित चिताउने र सामाजिक हित लाई सर्बोपरी मान्ने भएकोले गंगाधर गौतमजी जस्ता ससक्त जल्दा बल्दा युवाहरुले आफु भित्र रहेका फोहोर मैलाहरुलाई मस्को लगाएर सफा गरि परिस्क्रित् ढंगबाट नेपाली समाजमा पुनरउदयको सकारात्मक अपेक्षा सहित ब्यक्ती बिशेष गरेको ध्यानाकर्षण लाई जन संपर्क समिती जस्तो जिम्मेवार संगठनले सहज ढंगबाट अशल चरित्र निर्माणको लागि सहयोगी भूमिका खेल्नु नै संगठन र समाजको हीतमा हुनेछ। आफु र आफ्नो संगठन भन्दा पनि नेपाली समाज लाई सबैले केन्द्रमा राखेर आपशी सहमती निर्माण गरेर अघि बढ्नु नै समाजको साथ साथै सबैको हीतमा हुनेछ।

नेपालमा बलियो दक्षिणपन्थको खाँचो

पाठकहरु, शीर्षक पढेर केहि बिचार बनाइसक्नुभएको भए कृपया एकछिनलाई सो त्याग्ने प्रयास गर्नुहोला। “दक्षिणपन्थ” भन्ने शब्दले प्राय नेपालीहरुको मनमा नकारात्मकता जगाउँदछ। हामीलाई दक्षिणपन्थी भन्नेबित्तिकै दलाल, सामन्ती, प्रतिगामी, विदेशीका गोटि र अझ दक्षिण भन्ने शब्दले गर्दा भारतपरस्त भनेर सोच्ने बानी परेको छ। हामीलाई सिकाइएकै यस्तै छ। नेपाल एक बामपन्थी मुलुक हो- पहिले के थियो थाहा छैन, तर हिजोआज दिनप्रतिदिन यसको बामपन्थीकरण बढ्दैछ। मैले मुलुकलाई नै बामपन्थी भन्दैछु- यसको मतलब हाम्रो समाज, राष्ट्रिय चिन्तन, मूल संचार माध्यमहरु, सामाजिक बहस र मुद्दाहरुमा पुरै वामपन्थ हावि छ (यसको कारण र इतिहासको बारे म छिट्टै अर्को लेखमा विश्लेषण गर्नेछु)। त्यसैले यस्तो वातावरणमा हुर्केर, बढेर, सिकेर दक्षिणपन्थको बारे नकारात्कम सोच बन्नु अचम्म होईन।

(Picture: mikeldunham.blogs.com)

  • दक्षिणपन्थको भारतसँग कुनै सम्बन्ध छैन

    राजनीतिका दुई मुख्य ध्रुब वामपन्थ र दक्षिणपन्थलाई अङ्ग्रेजीमा “left-wing” र “right-wing” भनिन्छ। दक्षिण एसियाली भाषाहरुमा “rightists” लाई दायाँपन्थी वा दाहिनेपन्थी नभनेर दक्षिणपन्थी किन भनियो मलाई थाहा छैन।

  • दक्षिणपन्थ भनेको खराब होईन

    दक्षिणपन्थ दुँनियाभर नै प्रचलित छ, प्राय समाजहरुमा करिब करिब आधा-आधा बामपन्थी र दक्षिणपन्थी प्रभाव हुनेगर्दछ। अमेरीकी सरकार र सदनमा प्रायजसो यी दुई सिद्दान्तले चिनिने दलहरुको बराबरी उपस्थिति हुनेगर्दछ- यद्दपी मेरो बिचारमा अमेरीका मूलत दक्षिणपन्थी देश हो किनकी बायाँपन्थी भनेर चिनिने डेमोक्राटिक दलको झुकाव विस्तारै दक्षिणपन्थतिर ढल्किन थालेको धेरै भइसक्यो। बेलायतमा त बिसौँ शताब्दिको अधिकांश समय दक्षिणपन्थीहरुले नै शाषण गरे। भारतमा गान्धिको युगपछि वामपन्थ मृतप्राय छ- त्यहाँ “द हिन्दु” जस्ता केहि पत्रिका बाहेक मिडियामा पनि दक्षिणपन्थ नै हावि छ, मूल राजनीतिक चिन्तन पनि त्यस्तै छ।

    युरोपीय देशहरुको स्थिती अलि भिन्न छ। अमेरिकामा भन्दा फरक, त्यहाँ हरित (green), अराजक (anarchist) जस्ता विभिन्न राजनीतिक धारका दलहरु प्रभावशाली भुमिकामा छन्। त्यहाँ दक्षिणपन्थी र बामपन्थीहरु मिलेर सरकार बनाउने वा चुनाव अनुसार आ-आफ्नो गठबन्धन बनाएर सरकार बनाउने प्रचलन छ। त्यसकारण त्यहाँ पुरै दक्षिणपन्थ वा पुरै वामपन्थ भन्दा पनि मिसिएको प्रणाली र सामाजिक बनोट छ। सोभियत संघको बढ्दो प्रभाव घेरा र पुँजीवादि प्रजातन्त्रको बिच सामन्जस्य अपनाउने क्रममा यस्तो भएको हुनसक्छ। त्यसकारण, युरोपी देशहरुमा सामाजिक न्याय र कल्याणकारी प्रावधानहरु, बलियो सरकार, उच्च कर, निजी पुँजीको रक्षा, व्यक्तिगत स्वतन्त्रता, खुला समाजजस्ता दक्षिणपन्थ र वामपन्थ दुबैथरीका व्यस्थाहरु छन्।

  • दक्षिणपन्थ के हो त?

    दक्षिणपन्थ र वामपन्थको बिचमा छुट्याउनको निम्ती विभिन्न मुद्दाहरुमा लिइने अडानको बारे जानकारी हुनुपर्दछ। मुख्य दक्षिणपन्थी सिद्दान्तहरु यसप्रकार छन्: व्यक्तिगत स्वतन्त्रतालाई उच्च महत्व, नागरिक जीवनमा सरकारको न्यून भुमिका र हस्तक्षेप, समान कर व्यवस्था, खुला बजार अर्थतन्त्र, आदि। बामपन्थीहरु भने यसका विपरित सिद्दान्तहरुमा विश्वास गर्छन। प्राय समाजहरुमा उग्र दक्षिणपन्थी (ultra-right) र उग्र बामपन्थी (ultra-left) वा कम्युनिष्ट (communist) बिचार बाहेक मध्यमार्गी दक्षिणपन्थी (right-of-center) र मध्यमार्गी (centrist) र मध्यमाग्री बामपन्थी (left-of-center) राजनीतिक धारहरु प्रचलिन हुन्छन् र दुबैथरी धारहरुमा उदार र कट्टर खेमाहरुको उपस्थिती हुन्छ।

    यी दुईका बाहेक अरुपनि धारहरु छन् र कतिपय अवस्थामा मानिसहरु कुनै एक धारमा मात्र पुरै नढल्कि दुबैथरीका केहि-केहि मान्यताहरुको समर्थन गर्दछन्। जस्तै: “समाजका कमजोर वर्गलाई राज्यले बलिया वर्गसँग उठाएको करले राहत र सहयोग गर्नुपर्छ तर बलिया वर्गहरुको प्रगतीमा पनि राज्यले सहयोग गर्नुपर्दछ वा कम्तीमा अवरोध गर्नुहुँदैन- त्यसकारण उनीहरुलाई चर्को कर लगाउनु हुँदैन” भन्ने मान्यतामा दुबै धारका सिद्दान्तहरु अङ्गालिएको छ। आफ्ना मान्यताहरु कुन धारप्रति ढल्किएका छन् भनेर पाठकहरुले आफैँ छुट्टयाउने प्रयास गर्नुभए धेरै प्रश्नहरुको जवाफ पाउनुहुनेछ।

माथि उल्लेख गरिएका र अन्य विश्वभर स्विकार गरिएका दक्षिणपन्थी सिद्दान्तहरुपनि नेपालमा भने निरन्तरको प्रोपागाण्डाले गर्दा ओझेल परेका छन्। दक्षिणपन्थलाई पुरै खराब र हानीकारक, निमिट्यान्नै पार्नुपर्ने खतरनाक रोगको रुपमा चित्रित गरिएको छ। राजनीतिमा आफ्नो पक्षको जितको निम्ति अर्कोलाई हराउने प्रयास गर्नु अस्वाभाविक होईन, तर समाजका अन्य तप्काहरुपनि सन्तुलित विचार र बहस सम्प्रेषण गरी राजनीतिले अपुरा छाडेका क्षेत्रहरुमा जिम्मेवारीपूर्वक पुरक भूमिका निभाउनुको साटो उल्टो दिशामा चलिरहेका छन्। दक्षिणपन्थप्रति समाजमा वितृष्णा फैलाउन उनीहरुले बामपन्थिहरुसँगै होस्टेमा हैँसे गरेका छन्। यसमा नेपालका दक्षिणपन्थीहरुको पनि दोष छ किनकी आफ्ना अडानहरु स्पष्टसँग बुझाउन नसकेर, त्यसप्रति समर्थन जुटाउन नसकेर वा चाहिने संरचना र संस्थाहरुको विकास नगरेर उनीहरुले आफूलाई कमजोर बनाए र आज पुरै समाजको बामपन्थीकरण एकहिसाबले बेरोकटोक रुपले अघि बढिरहेको छ। नेपालमा प्राय सबै मिडिया, चिन्तकहरु, मूल मुद्दामा सुनिने बहस र अडानहरु, सामाजिक अभियन्ताहरु लगायत ठूलो हिस्साको आजको स्थान भनेको उग्र वामपन्थ वा मध्यमार्गी वामपन्थ नै हो।

राजनीतिमा वामपन्थ, दक्षिणपन्थ र अन्य धारहरुको स्थान। The political spectrum

राजनीतिमा वामपन्थ, दक्षिणपन्थ र अन्य धारहरुको स्थान। The political spectrum (Picture: wrobels.org)

नेपालको बेरोकटोक बामपन्थीकरणका देखिने केहि लक्षणहरु:

  • धन-आर्जन खराब हो भन्ने मान्यताको बढ्दो लोकप्रियता

    हाम्रो समाजमा धनी भईसकेका वा हुँदै गरेकाहरु सबै ठग, शोषक र खराब हुन् भन्ने बिचारले निकै स्विकृती पाईरहेको छ। प्राय समाचार वा ब्ल्गहरुमा व्यापारी वर्ग, एन-जी-ओ आई-एन-जी-ओ, धनाड्यहरु, पुराना र स्थापित परिवार र घरानाहरुबारे लेखिने अधिकांस सामग्री र तीनमा देखिने कमेन्टहरु वा सुनिने प्रतिक्रियाहरु आँखै चिम्लेर अनुमान गर्दा पनि मिल्ने खालका हुन्छन। प्रस्तुतीको शैली-भाषा र पाठकलाई विष्लेषण पस्किनुको साटो एकपक्षिय र अक्सर प्रायोजित (र बामपन्थी) निष्कर्षहरु दिनाले पाठकहरुलाई धेरै रोजाई उपलब्ध हुँदैनन्। राम्रो वा खराब के हो भन्ने बारे एक मात्र सुचना वा समाचार अथवा एकपक्षीय धारणाकै आधारमा निष्कर्शमा पुग्नु त्यति राम्रो होईन। त्यस्तै, कसैले धन कमाउँदा अरुको भाग खोसेर खाएकै हुन्छ भन्ने जरुरी छैन, कुनैपनि व्यापार मानिसले मुनाफा कमाउने र धनआर्जन गर्ने भनेरै गरेको हुन्छ र समाजको विकास र प्रगतीको निम्ति त्यस्तै उद्दम गर्ने, धन, ख्याती वा अन्य उपलब्धिकै पछि लागेर मेहेनत गर्ने मानिसहरुकै जरुरत हुन्छ।

  • बहुमत नै सही हो भन्ने मान्यता

    सबै मानिस दानी, त्यागी, दयालु, सर्वगुणसम्पन्न र संवेदनशील हुनु जरुरी छैन र समाजमा लोभी, विलासी, महत्वाकांक्षी, छुच्चो, जसरीपनि सफल हुन खोज्ने, निर्दयी र कुनै करुणा-भाव नभएका मानिसहरु पनि हुन्छन्। मानव सभ्यता यहाँसम्म आइपुगेको नै त्यस्तै संघर्षहरु गर्दै, अरुलाई हराउँदै, आफू बचेर अघि बढ्नेहरुका कारणले हो। कसैलाई कमाएको धनले समाजसेवा वा देशको भलो गर्ने मन छैन र बरु मोजमस्ती गर्न मन छ भने त्यो उसको निजी रोजाई हो। आधुनिक समाजमा अरुका अधिकारको हनन नहुने गरी असहमत हुने र कसैलाई अप्रिय र गलत लाग्ने कुराहरु बोल्ने वा सोच्ने पनि छुट हुनुपर्दछ- सबैले एकै धारणा राख्नुपर्छ र “असल” हुनैपर्छ भन्नु मानवको प्रकृतिप्रदत्त अधिकारहरुमाथिको हमला हो। राज्यका निर्देशक सिद्दान्त र नियम-कानूनको परिधी भित्र रहने त्यस्ता मानिसहरुको पनि अधिकारहरुको सुरक्षा हुनुपर्दछ।

  • शक्तिको केन्द्रिकरणप्रतिको मोह

    केहि समय अघि संचारमाध्यमहरुमा देखिएको शासकिय स्वरुपबारेको बहस निकै रोचक थियो, तर सबै किसिमका तर्कहरुमा एउटा अनौठो समानता थियो। समाजको भविष्य निर्धारण गर्ने पुर्ण जिम्मा सरकारलाई सुम्पने बारे सबै बहसकर्ताहरु सहमत झैँ देखिन्थे। वास्तवमा संविधानको उद्धेश्य “नागरिकलाई अधिकार प्रदान गर्नु” भन्दा “शासकका अधिकारहरू सिमित गर्नु” रहनुपर्ने हो। मानिसहरुलाई प्रकृतीले नै स्वतन्त्र र अधिकारसम्पन्न बनाएको छ, त्यसकारण “मानव-अधिकार” सरकार वा संविधानले जनतालाई “प्रदान गर्ने” विषय होईन। मानवका “प्रकृती-प्रदत्त अधिकार” (natural rights) हरु कुनै सरकार वा राजनीतिक व्यवस्थाले दिने वा नदिने भन्ने बहसको विषय नै होईन। सरकार र शक्तिको प्रकृती नै निरंकुश बन्न खोज्ने र जनताका अधिकारहरु सङ्कुचित गर्न खोज्ने हुन्छ, त्यसकारण राज्यलाई निरंकुश बन्न नदिन र जनताका अधिकारहरु हनन हुने स्थिती आउन नदिने प्रायोजनका निम्ति राज्य, सरकार, निर्देशक सिद्धान्त र संविधान आदिको व्यवस्था गर्नुपरेको हो।

    मौका मिलेको बेला राष्ट्रपति, प्रधानमन्त्री र संसद सबै नै निरंकुश बन्न सक्छन् भन्ने तथ्य विश्व इतिहासले प्रष्ट पारिसकेको छ। नेपालमा राष्ट्रिपति, प्रधानमन्त्रीलाई वा संसदलाई होईन, जनतालाई सबैभन्दा बलियो बनाउनु आवश्यक छ।

  • प्रोपागाण्डाको विजय

    वामपन्थ विज्ञान होईन, वामपन्थ एउटा सामाजिक-राजनीतिक विश्वास र सिद्धान्त हो। वामपन्थ कहिँ उपयुक्त हुनसक्छ, कहिँ नहुनसक्छ, कहिँ केहि मात्र आवश्यक हुनसक्छ, कहिँ कत्तिपनि आवश्यक नहुनसक्छ। कम्युनिजम भनिने उग्र वामपन्थ पनि कुनै प्रयोगशालाबाट आविष्कार भएको विज्ञान होईन। प्रमाणित विधिहरु पटक-पटक अपनाउँदा पनि परिणामहरु परिवर्तन नहुने र पिअर-रिभ्यू (peer-review) बाट पनि सदर भई प्रकाशित भएपछि मात्र कुनै सिद्धान्तलाई वैज्ञानिक भन्न मिल्छ। कम्युनिजम सोभियत रुसमा केहि मात्रामा सफल भएको थियो, उत्तर कोरीया, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, भारत, चिन र पूर्वि युरोपमा असफल भएको छ। क्युबामा कम्युनिजम सफल भएको भनिन्थ्यो तर सोभियत संघको सहयोग जारी नभएको आजकलका वर्षहरुमा त्यहाँ कम्युनिजमले काम गर्न छाडेको स्विकारोक्ति स्वयं फिडेल क्याष्ट्रोले व्यक्त गरेका छन्।

    तर नेपालमा निरन्तरको शब्द प्रयोगले कम्युनिजम “बैज्ञानिक” र “बस्तुबादि” भएको भ्रम स्थापित गरिँदैछ। जे-कुरामा पनि बिज्ञानको हवाला दिँदै सवारी भाडा व्यवस्थापन, नेपाल-बन्द, जातीयता, शान्ति प्रकृया र संविधान निर्माणदेखि लिएर प्राय सबैजसो कुराको अगाडि “बैज्ञानिक” शब्द झुण्ड्याउने लहड चलेको छ। कुनैपनि कुरालाई “बैज्ञानिक” भनिदिएपछि विज्ञानको विकास कमजोर रहेको हाम्रो समाजमा प्राय मानिसहरु त्यसलाई सही होला भन्ठानेर प्रतिकार गर्ने साहस गर्न सक्दैनन्।

    उग्र दक्षिणपन्थी र उग्र बामपन्थी दुबैको प्रिय हतियार प्रोपागाण्डा हो। बामपन्थीमय बनेको हाम्रो देशमा अहिले उग्र-बामपन्थी प्रोपागान्डा सर्वस्विकृत झैँ बनेको छ। समाजका सबै तप्काहरु हातमा हात मिलाउँदै यो अभियानमा सहभागी छन्। समाजको बलियो बर्गमाथि गरिने निरन्तरको प्रहार र घृणा अनि सामन्ती, अपराधी, भ्रष्ट, प्रतिगामी, दलालजस्ता शब्दहरुको प्रचारले कुनै किसिमको बिरोध खेप्नुपर्दैन। त्यस्तै जाती विशेषलाई खुलेआम किटेरै दोषारोपण गर्ने, आरोप लगाउने र अपमान-घृणा फैलाउने असहिष्णु जातिवादी (racist) कार्य दिनहुँजसो बिनारोकटोक चलिरहेकै छ। “नयाँ नेपाल” जस्तो अस्पष्ट, भ्रमपूर्ण र खरतनाक शब्दप्रयोगलाई प्रतीकात्मक होईन कुनै विज्ञान नै जस्तो गरेर सबैले अङ्गालिसकेका छन् र अब त कुनै कुराको आलोचना गर्ने बैज्ञानिक तरिका भनेको सो कुरा “पुरानो नेपाल” को हो भन्नुमात्र काफि भएको छ।

किन चाहियो दक्षिणपन्थ?

दक्षिणपन्थीहरु परम्परा, इतिहास र धरोहरहरुको रक्षा र निरन्तरता चाहन्छन्- नेपालमा दक्षिणपन्थ कमजोर भएकै कारण हामी आफ्नो ऐतिहासिक पहिचान र धरोहरहरुको ध्वंस भइराखेको हेर्न बाध्य छौँ र बाटो बिराएको र सभ्यता समाप्त भएको देशमा बदलिँदैछौँ। हामी राजनीतिक संस्थाहरुलाई चाहिनेभन्दा बढि शक्तिशाली बनाउँदैछौँ- वास्तवमा सरकारलाई सबै कुराको जिम्मा दिने तर्फ होईन कि प्रत्येक नागरिक सचेत र उद्दमी बन्नसक्ने वातावरणको तर्फ हाम्रा पाइलाहरु लम्किनुपर्दछ। राष्ट्रपति, प्रधानमन्त्री वा संसद जेसुकै भएपनि उनीहरुलाई देशको सम्पूर्ण बागडोर सुम्पिएमा अहिलेको जस्तो दिनैभरी लोडसेडिङ्ग, खाना पकाउने ग्याँसको लागी हाहाकार, जनताकै करले गरिएका सामान्य कार्यहरुको पनि सुचना लुकाउन चाहने शासकहरु र हजारौँ युवाहरुको पलायनबाट हामीले मुक्ति पाउने छैनौँ, हामी झनै राजनीतिक संस्थाहरुमै आश्रित हुनेछौँ र उनीहरुको दया-मायामा हाम्रो जीवन भरपर्नेछ। बरु हामीले आफ्ना संस्थाहरु बलिया बनाउनुपर्दछ, जसले हामीलाई आफ्ना कामहरु गर्न वाधा होईन सहज बनाओस्। हामीले नागरिक जीवनमा न्यून राजनीतिक हस्तक्षेप, कानूनी शाषण, उत्तरदायी संसद, प्रभावकारी निर्वाचन, नीति-निर्माणमा जनसहभागीता, सबल र असल प्रशासनयन्त्र, सहयोगी प्रहरी संगठन, राम्रा शैक्षिक संस्थाहरु, गुणस्तरीय स्वास्थ्य सेवा, व्यापार-व्यवसाय गर्ने वातावरण, व्यक्तिगत स्वतन्त्रता, पारदर्शी सरकार र सहिष्णु समाज कसरी प्राप्त गर्न सकिने खालका प्रावधानहरु राख्नुपर्दछ, न कि राजनीतिलाई अनावश्यक शक्ति दिएर सबै क्षेत्रमा नचाहिँदो हस्तक्षेप गर्न निम्त्याउने।

नेपाली समाजमा असमानता व्याप्त छ, त्यसकारण दक्षिणपन्थी तरिकाहरुले मात्र हाम्रो समाजका कमजोर वर्गको चाहिने जति हित हुनसक्दैन। हामीलाई कमजोरहरुको उत्थानको निम्ति वामपन्थ र बलियाहरुको स्थानको निम्ति दक्षिणपन्थ दुबै चाहिएको छ। बलियाहरु कमजोर हुने हो भने भने पुँजी लगानी, उद्धोग-धन्दा, व्यापार-विस्तार जस्ता कार्यहरुमा हामी कमजोर हुन्छौँ, रोजगारी श्रृजनाका अबसरहरु कम हुन्छन् र विकासको दर कम हुन्छ। अहिले यस्तै भईरहेको छ। मुनाफा कमाउने सुरक्षित वातावरण बनाई कमजोरहरुलाई बलिया बन्ने अवसरहरु प्रदान केहि सिमित कर उठाउनु, सार्वजनिक सेवाहरु र सामाजिक न्याय र सुरक्षाका प्रावधानहरुलाई सबल बनाउनुपनि उत्तिकै आवश्यक छ। अहिले नेपालमा युवाहरुले उद्दम गर्नसक्ने पर्याप्त स्थिति नै छैन, लगानीकर्ताहरुले पनि लगानी गर्न सकिरहेका छैनन्, किनकी पैसा कमाउने भन्ने बित्तिकै खराब र बाकिँ समाजप्रति उनिहरुलेमात्र उत्तरदायित्व ननिभाएझैँ गरी बौद्धिक-भनाउँदाहरुको आक्रमण शुरु हुन लगानी उठेर मुनाफा कमाईसकेको पनि हुनुपर्दैन। शब्द-वाणको मात्र प्रहार हैन मुनाफामा हिस्सा खोज्ने, धम्काउने, लखेट्ने र लुट्नेसम्मको प्रवृत्ति हामीलाई त “ठिकै त हो नि, ठगहरुलाई” भनेर स्विकारीसकेका छौँ। यो परिस्थितिमा प्रष्ट र बलिया दक्षीणपन्थी अडानहरु बेगर हाम्रो आर्थिक विकास र उद्दमशीलतामा प्रगती हुने सम्भावना छैन।

सन्तुलनको आवश्यकता (The need for a balance)

सन्तुलनको आवश्यकता (The need for a balance) (Image: bookhuntersholiday.wordpress.com)

हामीलाई वामपन्थ र दक्षिणपन्थ दुबैका प्रावधानहरु आवश्यक छन्, दुबैका उचित संयन्त्रहरुको प्रयोग गर्ने मध्यमार्गी बाटोनै अहिलेको हाम्रो आवश्यकता हो। त्यसकारण दुबैतर्फको उग्रवादबाट समाजलाई बचाउनुपर्ने छ। किनकि अहिले भैरहेकोजस्तो एकतर्फि झुकावले कालान्तरमा अर्कोतर्फको आवाजलाई कमजोर बनाई उठ्नै नसक्ने बनाउने डर हुन्छ। त्यसरी सन्तुलन, बहस र विरोधका मुल आधारहरु नै समाप्त हुँदै जाँदा अन्त्यमा विजयी हुने उग्रवाद नै हो। त्यस्तो ध्रुविकरणबाट हाम्रो समाजलाई बचाउनु र सन्तुलन बनाइराख्नु जरुरी छ, त्यसको निम्ति हामीलाई सशक्त मध्यमार्गको आवश्यकता पर्दछ। तर मध्यमार्गको महत्व बुझ्न सन्तुलित समाजमा मात्र संभव छ, हैन भने अहिले जस्तो बामपन्थीकरण भएको समाजमा मध्यमार्गले लिने अडानहरुलाई नै दक्षिणपन्थी भनी आक्रमण हुनेछ र निरन्तर उग्र वामपन्थतर्फ स्खलित भईराखेको समाजमा उनीहरु धेरै समय टिकिराख्न सम्भव हुँदैन। एउटा कक्षामा सबैजना शान्त स्वभावका विद्यार्थीहरु भए भने अलिकति पनि बोल्ने विद्यार्थी त्यो कक्षाको उग्र र अडमिल्दो सदस्य हुनपुग्दछ, त्यसरी नै पुरै बामपन्थी बनिरहेको र दक्षिणपन्थ मरिरहेको समाजमा मध्यमार्गीहरुलाई नै उग्र-दक्षिणपन्थीको रुपमा चित्रीत गरी उनिहरुलाई पाखा लगाउन उग्र-बामहरुलाई खासै मेहेनत गरिराख्नुपर्दैन।

अहिले हाम्रो समाजको सन्तुलन हराएको छ। यो समाजलाई प्रजातान्त्रिक, सभ्य र अग्रगामी बनाउने हो भने राजनीतिले चुकेको भुमिका समाजका अरु अङ्गहरुले खेल्नुपर्दछ। माथि उल्लेख गरिएका समाजका सबै तहहरुबाट अब एउटा सबल दक्षिणपन्थको निम्ति स्थान बनाउनु आवश्यक छ। मिडियामा अब त्यस निम्ति आवश्यक लेखहरु र सम्पादकियहरु पढ्न पाइयोस्, नागरिकहरुले पनि एकोहोरो प्रोपागाण्डाको पछि नलागी आलोचनात्मक विचारनिर्माण गर्ने बानी बसालुन्, चिन्तकहरु र विश्लेषकहरुले पनि एकापट्टि लत्रेको बिचारको तराजुको अर्को भागमा पनि वजनहरु राख्ने प्रयत्न शुरु गरुन् र अन्य सबैले आ-आफ्नो स्थानबाट जिम्मेवार भुमिका खेल्न सकुन्।

गएका ३४ वर्षमा चीनले गरेको विकास र हासिल गरेको समृद्धि अहिले विश्वभर आकर्षण, बहस र चर्चाको विषय बनेको छ । सन् १९४९ मा भएको साम्यवादी क्रान्तिपछि लगातारजसो वामपन्थीहरू सत्तामा प्रभावशाली रहे । सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति गर्दार्गर्दै वामपन्थी अतिवादको सिकार भएको माओकालीन चीन उथलपुथलमय रह्यो । माओको निधनपछि सत्ता नियन्त्रण गर्न पुगेका कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तङ स्याओ पिङले समाजवाद निर्माणको माओकालीन बाटो छाडेर सन् १९७८ बाट सुधारको बाटोमा चीनलाई हिँडाएका थिए । त्यस अगाडिका झन्डै दुई सय वर्ष अर्थतन्त्र, सैन्यशक्ति र नयाँ प्रविधिमाथिको पहुँचका दृष्टिले पछि परेको चीन त्यसयताका ३४ वर्षमा विश्वशक्तिसँग प्रतिस्पर्धा गर्नसक्ने भएको छ । गरिब देशबाट मध्यमस्तरको विकसित देश बनेकोे छ, विश्वको दोस्रोे ठूलो अर्थतन्त्रमा बदलिएको छ र सामरिक शक्तिको विस्तार तथा विज्ञान प्रविधिको आधुनिकीकरणमा प्रतिस्पर्धी भएको छ । धेरैले त २०२० सम्ममा चीन विश्वको नम्बर एक अर्थतन्त्र बन्ने र महाशक्ति बन्ने भविष्यवाणीसमेत गरेका छन् ।

यस बीचमा चीनले लिएको बाटो समाजवादी हो कि पुँजीवादी हो, यसले अभ्यास गरेको एकपार्टी अधिनायकत्वको सिद्धान्तले फैलँदो मध्यम वर्गका आकांक्षा सामना गर्न सक्ला-नसक्ला ? व्यापक रूपमा बढ्दोे असमानता, सिमान्तीकरण र भ्रष्टाचारका कारण जनतामा बढ्दो असन्तोषलाई यसले थेग्न सक्ला-नसक्ला ? चीन बन्द र एकदलीय शासनमा नै रहला कि विस्तारै पुँजीवादी-उदारवादी बाटोमा जाला ? अनेक प्रश्न उठिनै रहेका छन् । अर्थराजनीतिक अभ्यासका दृष्टिले भने चीनको अहिलेको व्यवस्था एकपार्टी शासन अन्तर्गत अभ्यास भएको राज्य पुँजीवाद मान्न सकिन्छ । तर पनि चीनको कम्युनिष्ट पार्टी र समाजमा अहिले पनि चीनले लिनुपर्ने बाटोका बारेमा बहस छन् र ती कहिलेकाहीं उग्र पनि हुने गरेका छन् । यही वर्षको अन्ततिर हुने चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनपछि अहिलेको पार्टी र सरकारको नेतृत्व फेरिँदैछ । चौथो पुस्ताका हु जिन्ताओ र वेन जियावाओको समूह बाहिरिँदैछ । पाँचौ पुस्ताको नेतृत्वका लागि पार्टीभित्र तीव्र अन्तरसंघर्ष सुरु भएको छ । हालैमात्र पार्टीका पोलिटब्युरो सदस्य तथा चोङछिङ सहरका पार्टी सचिव बो सिलाई कारबाहीमा परेका छन् । उनलाई अब निर्वाचित हुने नौ सदस्यीय स्थायी समितिका लागि शक्तिशाली दाबेदार मानिएको थियो । गुपचुपजस्तो देखिने चिनियाँ रानजीतिमा यसले ठूलो संकेत गर्छ । एकजना वैकल्पिक नेतामात्र होइन, वैकल्पिक विचारका नेतासमेत रहेका बो सिलाईको कारबाही त्यसैले पनि सामान्य मानिएको छैन । ‘रातो बाटो’का यी अभियन्ताले गर्न खोजेको काम र त्यसमाथिको बहस नै यस आलेखको विषय हो ।

बो सिलाई चिनियाँ साम्यवादी क्रान्तिका आठजना महान अमर मान्छे भनिने मध्येका एक बो इपोका छोरा हुन् । भावी राष्ट्रपतिका रूपमा स्थापित गरिएका अहिलेका उपराष्ट्रपति सि जिनपिङजस्तै यिनी पनि क्रान्तिकारी नेताहरूका सन्तान भनेर चिनिन्छन् । सि जिनपिङका जस्तै माओको सांस्कृतिक क्रान्तिकालमा बो सिलाईले आफ्नो बाल्यकाल विकट गाउँमा झन्डै बन्दीको तहमा काम गरेर बिताउनुपरेेको थियो । सांस्कृतिक क्रान्तिका पतन र तङको उदयपछि मात्र उनले आफ्नो पढाइ पूरा गर्न पाए । सुरुमा पत्रकार हुने आकांक्षा राखेका धाराप्रवाह अङ्ग्रेेजी बोल्ने बो विश्वविद्यालयको पढाइ सकिनासाथ आफ्ना पिताको संरक्षणमा पार्टी काममा लागे । उनले आफ्नो झन्डै २५ वर्षे करियरमा केही चमत्कारहरू गरेर देखाए । दालियानका मेयर भएर यिनले यो पछाडि परेको दलदले क्षेत्रलाई केही वर्षमा नै चीनको विकसित तथा सबैभन्दा सफा सहर बनाए । पहिलो तीव्र गतिको रेलले जोडिने सहर मध्येको एउटा बनाए । पछि चिनियाँ वाणिज्य मन्त्रीका रूपमा पनि उनले अहिलेको नेतृत्वका हु र वेनका नीतिहरूभित्रै रहेर आफ्नो सिर्जनात्मक क्षमताको प्रयोग गर्दै शानदार ढंगले काम गरे । २००७ मा पार्टीको केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य बनेपछि यिनलाई २००८ मा चोङछिङ महानगरको पार्टी सचिवको रूपमा काम गर्न चीनको मध्यवर्ती भागतिर पठाइयो । उनको पहिलो परीक्षण भने त्यहाँका ट्याक्सी चालकहरूको हडतालका बेला भएको थियो । महानगरका सबैजसो ट्याक्सी चालकहरू हडतालमा उत्रेकोे बेला परम्परागत शैलीमा दमनमा उत्रनुको साटो बोले हडतालीहरूका प्रतिनिधिसँग तीन घन्टा टेलिभिजनबाट प्रत्यक्ष प्रसारित वार्तामा भाग लिए र शान्तिपूर्ण रूपमा उनीहरूको माग पूरा गरेर आन्दोलन साम्य पारे । यहींबाट उनको लोकपि्रय तर विवादास्पद छविको निर्माण पनि सुरु भयो ।

उनले पार्टी सचिवका रूपमा रहँदा अनेक लोकपि्रय अभियानहरू चलाए, जसलाई माओको सिको गरेको भन्ने गरिन्छ । उनले माओका कोटेसनहरूको एसएमएस टेक्स्ट मोबाइलबाट आफैले पठाउने, माओकालका जस्तो विद्यार्थीहरूलाई केही दिनका लागि स्वयंसेवक बनेर गाउँमा जान र किसानहरूसँग सिक्न अभियान चलाउने, माओकालीन गीतहरू गाउने अभियान चलाउने र यतिसम्म कि नगरको टिभीलाई प्राइम टाइममा विज्ञापन प्रसारण गर्नुको साटो क्रान्तिकारी गीतहरू बजाउन लगाउने काम गरे । उनले हरियो चोङछिङ अभियान अन्तर्गत करोडौं रुख रोप्न लगाए । यस्ता कामको खर्च, एउटा स्रोतअनुसार नगरपालिकाले नै ब्यहोर्न थाल्यो । यसलाई विश्वभर ‘रातो अभियान’ नाम दिइयो ।

यसैबीच उनले अपराध नियन्त्रणका लागि अभियान चलाए । माफिया र संगठित अपराधका विरोधमा अभियान चलाउन उनले धेरै मानिसका भनाइमा, कानुन र व्यक्तिगत अधिकारका कुरालाई महत्व दिएनन्, पार्टी र सरकारका कैयन मनिसहरू कारबाहीमा परे ।

उनको सबैभन्दा महत्वपूर्ण काम भनेको चाहिँ उनले सर्वसाधारण चिनियाँहरूका पक्षमा गरेको आर्थिक कार्य नै हो । अहिलेको चीन ग्रामीण र सहरी क्षेत्रका बीचमा उत्पन्न विशाल खाडलको नमुना हो । आर्थिक सुधारले निर्यातमुखी औद्योगीकरणलाई जोड दिएपछि पूर्व- दक्षिण क्षेत्रमा रहेका तटीय प्रान्तहरू उद्योग र व्यवसायका केन्द्र बन्दै गए । भित्री प्रदेशका ग्रामीण इलाका पछाडि पर्दै गए । आधुनिक पुँजीवादको नियमअनुसार नै सहरमा सस्तो श्रमको माग कृषि क्षेत्रमा रहेको अतिरिक्त श्रम सहर पसेपछि अर्थात जगेडा श्रमिकहरूको लाइन लागेपछि पूरा हुने हो । यसक्रममा झन्डै २४ करोड चिनियाँहरू गाउँबाट सहर पसेको अनुमान छ । तर चीनको जनसंख्या नीतिअनुसार मानिस जहाँ जन्मेको हो, उसको दर्ता त्यहीं हुन्छ, अनि त्यो थलो छोडेर हिँड्नेले सरकारबाट शिक्षा, स्वास्थ्य र आवास सुविधा पाउँदैन । यसले चीनमा व्यापक असमानतामात्रै उब्जाएन, बरु हामीकहाँ जस्तै गाउँ बूढाबूढी र केटाकेटी मात्रैको हुन पुग्यो । जसले सहरमा बालबच्चा ल्यायो, उसले तिनलाई पढाउन र उपचार गर्न नसक्ने अवस्था बन्न पुग्यो । बो सिलाईले यसलाई आफ्नो महानगरभित्रै भए पनि समाधान गर्ने उपाय अपनाए । सहरमा बसाइँ आएकाहरूले आवास र बालबालिकालाई शिक्षादीक्षाको सुविधा पाउने भए । अबौं युयान खर्चेर सस्ता सरकारी आवासहरू बनाइयो । बोको नेतृत्वमा चोङछिङको वाषिर्क आर्थिक वृद्धिदर अन्य सबै क्षेत्रको भन्दा उच्च रह्यो । यसरी विस्तारै उनका नीतिहरूलाई आर्थिक नीति तथा राजनीतिक विचारका दृष्टिले समेत ‘चोङछिङ मोडल’ भन्न थालियो । पुँजीवादी विकास मोडलभित्रै पनि आर्थिक वितरणमा ध्यान दिने र असमानता कम गर्ने । यसले आजको चीनमा रहेको प्रमुख समस्यालाई समाधान गर्ने आशा गर्न थालियो । चोङछिङ विस्तारै माओकालीन पुस्ताका चिनियाँहरूका लागि आकर्षणको केन्द्र बन्दै गयो । सँगसँगै यसलाई चीनका माओवादीहरू र वामपन्थीहरूको शक्ति आर्जनको प्रयासका रूपमा समेत ब्याख्या गर्न थालियो । यसले चोङछिङका पुँजीपतिहरूको निद्रा त गएकै थियो, बेइजिङका शासकहरूको भृकुटी पनि तन्किन थाल्यो ।

चोङछिङका पूर्वप्रहरी प्रमुख तथा उपमेयर वाङ लिजुनले फरवरी ५ मा चेङ्दुस्थित अमेरिकी कन्सुलरको अफिसमा शरण लिएपछि नै बो सिलाईका दिन सकिन थालेका हुन् । वाङ प्रहरी प्रमुखमात्र थिएनन्, संगठित अपराध विरोधी अभियानका हिरो पनि थिए । उनले भोलिपल्टै चिनियाँ सुरक्षा अधिकारीहरूसमक्ष समर्पण गरे । उनलाई सोधपुछ गर्ने प्रक्रियाका क्रममा नै बो शंकाका घेरामा तानिए । मार्च दोस्रो साता भएको चिनियाँ जनकंग्रेसको बैठकमा पोलिटव्युरोका सदस्यहरू बस्ने लहरमा बो सिलाई देखापरेनन् । यद्यपि उनी कंग्रेसमा भाग लिइरहेका थिए । जनकंग्रेसको बैठक सकिनासाथ उनलाई मार्च पन्ध्रमा चोङकिङको पार्टी प्रमुखबाट हटाइयो, अहिले घरैमा नजरबन्द रहेको अनुमान गरिएका बोकी श्रीमती पक्राउ परेकी छिन् । बो सिलाईका बारेमा उनले केन्द्रीय सत्ता हत्याउने षडयन्त्रस्वरूप हतियार जम्मा गरेको समेत अनेक आरोपहरू विभिन्न माध्यमबाट आउन थालेका छन् । यो प्रकरणमा स्थायी समितिका सदस्य चाओ योङखाङ पनि तानिएका छन् । यसरी बन्दकोठामा राजनीतिक फैसलाहरू हुने चिनियाँ शासनमा एउटा सम्भावित वामपन्थी नेताको राजनीतिक जीवन समाप्त भएको छ । यससँगै चोङछिङ मोडलको पनि अल्पायुमै पतन भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीभित्र साङ्घाई समूहका रूपमा पुँजीवाद परस्त भनिने पूर्व महासचिव जियाङ जेमिनको गुट र तुलनात्मक रूपमा ग्रामीणमुखी मानिने वर्तमान महासचिव हु जिन्ताओको समूहबीच नेतृत्व हत्याउने विषयमा विवाद र बहस छ । तर राजनीतिक स्थिरता र अर्थतन्त्रको अहिलेको बजारमुखी विकासलाई निरन्तरता दिन दुवै पक्ष सहमत छन् । यही भएर सि जिनपिङलाई नेतृत्व दिन दुवै समूह सहमति भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीभित्र वामपन्थीहरू भने कमजोर अवस्थामा छन् । उनीहरू बो सिलाईजस्ता क्रान्तिकारीहरूका सन्तान र केही पुराना पुस्ताका भेट्रानहरूमा टिकेका छन् । बो सिलाईको पतनसँगै अब उनका निकटहरूमाथि दमन हुनेछ । यो प्रकरणलाई सन् १९८९ को तियन एनमान चोक घटनापछिको सबैभन्दा ठूलो राजनीतिक घटनाका रूपमा लिन थालिएकोे छ । त्यतिबेला पार्टी महासचिव तथा प्रधानमन्त्री चाउ च याङलाई तङ सियाओ पिङले बर्खास्त गरेका थिए । चाउको पतनसँगै पूर्व महासचिव हु याओवाङको समयबाट थालिएको उदारवादी धारको राजनीतिक यात्रा पनि सकिएको थियो ।

बो सिलाईको राजनीतिक-आर्थिक मोडल आजको चीनमा कत्तिको सार्थक हुन्थ्यो या हुन्नथ्यो भन्ने बहस त जारी रहला । तर उनले जे लागू गर्न खोजेका थिए, त्यो चीनका आजका अन्तरविरोधहरूको समाधानको वामपन्थी विकल्प भने अवश्य थियो । अहिले चिनियाँ आधिकारिक सञ्चारहरू बोका बारेमा केही बोल्दैनन् । उता वामपन्थी या माओवादी झुकाव राख्ने वेव साइटहरू बन्द गराइएका छन् या बो सिलाईका बारेमा बोल्न रोक लगाइएको छ । कतिपय माध्यमहरू बो सिलाईको सबै योजनालाई माओकालीन उग्रता र चीनलाई सत्यानाशमा लाने प्रपञ्च भनेर आलोचना गरिरहेका छन् । सम्भवतः पार्टी र सरकारको नेतृत्व हत्याएर चीनलाई माओवादी बाटोमा हिँडाउने वामपन्थीहरूको प्रयासमा बो सिलाईको पतनले पूर्णविराम लगाइदिएको छ । यससँगै नेतृत्व परिवर्तनपछि पनि चीनका आन्तरिक तथा वैदेशिक नीतिहरूमा चाहिँ आगामी दस वर्षसम्मका लागि स्थिरता कायम हुने निश्चित भएको छ ।( नेपाल दक्षिण एसिया केन्द्रका अध्यक्षसमेत रहेका लेखक सुवेदीको यो लेख कान्तिपुर दैनिकबाट साभार गरिएको हो)

चोङछिङ मोडलको पतन

//www.facebook.com/plugins/like.php?href=http%3A%2F%2Fwww.pokharatoday.com%2Fbichar%2F203%2F5781&layout=button_count&show_faces=false&width=100&action=like&font=arial&layout=button_counthttp://platform.twitter.com/widgets/tweet_button.1333526973.html#_=1334348037615&count=horizontal&counturl=http%3A%2F%2Fwww.pokharatoday.com%2Fbichar%2F203%2F5781&id=twitter-widget-0&lang=en&original_referer=http%3A%2F%2Fwww.pokharatoday.com%2Fbichar&size=m&text=%E0%A4%9A%E0%A5%8B%E0%A4%99%E0%A4%9B%E0%A4%BF%E0%A4%99%20%E0%A4%AE%E0%A5%8B%E0%A4%A1%E0%A4%B2%E0%A4%95%E0%A5%8B%20%E0%A4%AA%E0%A4%A4%E0%A4%A8&url=http%3A%2F%2Fwww.pokharatoday.com%2Fbichar%2F203%2F5781%23.T4iJAUsxP3c.twitter

altगएका ३४ वर्षमा चीनले गरेको विकास र हासिल गरेको समृद्धि अहिले विश्वभर आकर्षण, बहस र चर्चाको विषय बनेको छ । सन् १९४९ मा भएको साम्यवादी क्रान्तिपछि लगातारजसो वामपन्थीहरू सत्तामा प्रभावशाली रहे । सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति गर्दार्गर्दै वामपन्थी अतिवादको सिकार भएको माओकालीन चीन उथलपुथलमय रह्यो । माओको निधनपछि सत्ता नियन्त्रण गर्न पुगेका कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तङ स्याओ पिङले समाजवाद निर्माणको माओकालीन बाटो छाडेर सन् १९७८ बाट सुधारको बाटोमा चीनलाई हिँडाएका थिए । त्यस अगाडिका झन्डै दुई सय वर्ष अर्थतन्त्र, सैन्यशक्ति र नयाँ प्रविधिमाथिको पहुँचका दृष्टिले पछि परेको चीन त्यसयताका ३४ वर्षमा विश्वशक्तिसँग प्रतिस्पर्धा गर्नसक्ने भएको छ । गरिब देशबाट मध्यमस्तरको विकसित देश बनेकोे छ, विश्वको दोस्रोे ठूलो अर्थतन्त्रमा बदलिएको छ र सामरिक शक्तिको विस्तार तथा विज्ञान प्रविधिको आधुनिकीकरणमा प्रतिस्पर्धी भएको छ । धेरैले त २०२० सम्ममा चीन विश्वको नम्बर एक अर्थतन्त्र बन्ने र महाशक्ति बन्ने भविष्यवाणीसमेत गरेका छन् ।

यस बीचमा चीनले लिएको बाटो समाजवादी हो कि पुँजीवादी हो, यसले अभ्यास गरेको एकपार्टी अधिनायकत्वको सिद्धान्तले फैलँदो मध्यम वर्गका आकांक्षा सामना गर्न सक्ला-नसक्ला ? व्यापक रूपमा बढ्दोे असमानता, सिमान्तीकरण र भ्रष्टाचारका कारण जनतामा बढ्दो असन्तोषलाई यसले थेग्न सक्ला-नसक्ला ? चीन बन्द र एकदलीय शासनमा नै रहला कि विस्तारै पुँजीवादी-उदारवादी बाटोमा जाला ? अनेक प्रश्न उठिनै रहेका छन् । अर्थराजनीतिक अभ्यासका दृष्टिले भने चीनको अहिलेको व्यवस्था एकपार्टी शासन अन्तर्गत अभ्यास भएको राज्य पुँजीवाद मान्न सकिन्छ । तर पनि चीनको कम्युनिष्ट पार्टी र समाजमा अहिले पनि चीनले लिनुपर्ने बाटोका बारेमा बहस छन् र ती कहिलेकाहीं उग्र पनि हुने गरेका छन् । यही वर्षको अन्ततिर हुने चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनपछि अहिलेको पार्टी र सरकारको नेतृत्व फेरिँदैछ । चौथो पुस्ताका हु जिन्ताओ र वेन जियावाओको समूह बाहिरिँदैछ । पाँचौ पुस्ताको नेतृत्वका लागि पार्टीभित्र तीव्र अन्तरसंघर्ष सुरु भएको छ । हालैमात्र पार्टीका पोलिटब्युरो सदस्य तथा चोङछिङ सहरका पार्टी सचिव बो सिलाई कारबाहीमा परेका छन् । उनलाई अब निर्वाचित हुने नौ सदस्यीय स्थायी समितिका लागि शक्तिशाली दाबेदार मानिएको थियो । गुपचुपजस्तो देखिने चिनियाँ रानजीतिमा यसले ठूलो संकेत गर्छ । एकजना वैकल्पिक नेतामात्र होइन, वैकल्पिक विचारका नेतासमेत रहेका बो सिलाईको कारबाही त्यसैले पनि सामान्य मानिएको छैन । ‘रातो बाटो’का यी अभियन्ताले गर्न खोजेको काम र त्यसमाथिको बहस नै यस आलेखको विषय हो ।

बो सिलाई चिनियाँ साम्यवादी क्रान्तिका आठजना महान अमर मान्छे भनिने मध्येका एक बो इपोका छोरा हुन् । भावी राष्ट्रपतिका रूपमा स्थापित गरिएका अहिलेका उपराष्ट्रपति सि जिनपिङजस्तै यिनी पनि क्रान्तिकारी नेताहरूका सन्तान भनेर चिनिन्छन् । सि जिनपिङका जस्तै माओको सांस्कृतिक क्रान्तिकालमा बो सिलाईले आफ्नो बाल्यकाल विकट गाउँमा झन्डै बन्दीको तहमा काम गरेर बिताउनुपरेेको थियो । सांस्कृतिक क्रान्तिका पतन र तङको उदयपछि मात्र उनले आफ्नो पढाइ पूरा गर्न पाए । सुरुमा पत्रकार हुने आकांक्षा राखेका धाराप्रवाह अङ्ग्रेेजी बोल्ने बो विश्वविद्यालयको पढाइ सकिनासाथ आफ्ना पिताको संरक्षणमा पार्टी काममा लागे । उनले आफ्नो झन्डै २५ वर्षे करियरमा केही चमत्कारहरू गरेर देखाए । दालियानका मेयर भएर यिनले यो पछाडि परेको दलदले क्षेत्रलाई केही वर्षमा नै चीनको विकसित तथा सबैभन्दा सफा सहर बनाए । पहिलो तीव्र गतिको रेलले जोडिने सहर मध्येको एउटा बनाए । पछि चिनियाँ वाणिज्य मन्त्रीका रूपमा पनि उनले अहिलेको नेतृत्वका हु र वेनका नीतिहरूभित्रै रहेर आफ्नो सिर्जनात्मक क्षमताको प्रयोग गर्दै शानदार ढंगले काम गरे । २००७ मा पार्टीको केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य बनेपछि यिनलाई २००८ मा चोङछिङ महानगरको पार्टी सचिवको रूपमा काम गर्न चीनको मध्यवर्ती भागतिर पठाइयो । उनको पहिलो परीक्षण भने त्यहाँका ट्याक्सी चालकहरूको हडतालका बेला भएको थियो । महानगरका सबैजसो ट्याक्सी चालकहरू हडतालमा उत्रेकोे बेला परम्परागत शैलीमा दमनमा उत्रनुको साटो बोले हडतालीहरूका प्रतिनिधिसँग तीन घन्टा टेलिभिजनबाट प्रत्यक्ष प्रसारित वार्तामा भाग लिए र शान्तिपूर्ण रूपमा उनीहरूको माग पूरा गरेर आन्दोलन साम्य पारे । यहींबाट उनको लोकपि्रय तर विवादास्पद छविको निर्माण पनि सुरु भयो ।

उनले पार्टी सचिवका रूपमा रहँदा अनेक लोकपि्रय अभियानहरू चलाए, जसलाई माओको सिको गरेको भन्ने गरिन्छ । उनले माओका कोटेसनहरूको एसएमएस टेक्स्ट मोबाइलबाट आफैले पठाउने, माओकालका जस्तो विद्यार्थीहरूलाई केही दिनका लागि स्वयंसेवक बनेर गाउँमा जान र किसानहरूसँग सिक्न अभियान चलाउने, माओकालीन गीतहरू गाउने अभियान चलाउने र यतिसम्म कि नगरको टिभीलाई प्राइम टाइममा विज्ञापन प्रसारण गर्नुको साटो क्रान्तिकारी गीतहरू बजाउन लगाउने काम गरे । उनले हरियो चोङछिङ अभियान अन्तर्गत करोडौं रुख रोप्न लगाए । यस्ता कामको खर्च, एउटा स्रोतअनुसार नगरपालिकाले नै ब्यहोर्न थाल्यो । यसलाई विश्वभर ‘रातो अभियान’ नाम दिइयो ।

यसैबीच उनले अपराध नियन्त्रणका लागि अभियान चलाए । माफिया र संगठित अपराधका विरोधमा अभियान चलाउन उनले धेरै मानिसका भनाइमा, कानुन र व्यक्तिगत अधिकारका कुरालाई महत्व दिएनन्, पार्टी र सरकारका कैयन मनिसहरू कारबाहीमा परे ।

उनको सबैभन्दा महत्वपूर्ण काम भनेको चाहिँ उनले सर्वसाधारण चिनियाँहरूका पक्षमा गरेको आर्थिक कार्य नै हो । अहिलेको चीन ग्रामीण र सहरी क्षेत्रका बीचमा उत्पन्न विशाल खाडलको नमुना हो । आर्थिक सुधारले निर्यातमुखी औद्योगीकरणलाई जोड दिएपछि पूर्व- दक्षिण क्षेत्रमा रहेका तटीय प्रान्तहरू उद्योग र व्यवसायका केन्द्र बन्दै गए । भित्री प्रदेशका ग्रामीण इलाका पछाडि पर्दै गए । आधुनिक पुँजीवादको नियमअनुसार नै सहरमा सस्तो श्रमको माग कृषि क्षेत्रमा रहेको अतिरिक्त श्रम सहर पसेपछि अर्थात जगेडा श्रमिकहरूको लाइन लागेपछि पूरा हुने हो । यसक्रममा झन्डै २४ करोड चिनियाँहरू गाउँबाट सहर पसेको अनुमान छ । तर चीनको जनसंख्या नीतिअनुसार मानिस जहाँ जन्मेको हो, उसको दर्ता त्यहीं हुन्छ, अनि त्यो थलो छोडेर हिँड्नेले सरकारबाट शिक्षा, स्वास्थ्य र आवास सुविधा पाउँदैन । यसले चीनमा व्यापक असमानतामात्रै उब्जाएन, बरु हामीकहाँ जस्तै गाउँ बूढाबूढी र केटाकेटी मात्रैको हुन पुग्यो । जसले सहरमा बालबच्चा ल्यायो, उसले तिनलाई पढाउन र उपचार गर्न नसक्ने अवस्था बन्न पुग्यो । बो सिलाईले यसलाई आफ्नो महानगरभित्रै भए पनि समाधान गर्ने उपाय अपनाए । सहरमा बसाइँ आएकाहरूले आवास र बालबालिकालाई शिक्षादीक्षाको सुविधा पाउने भए । अबौं युयान खर्चेर सस्ता सरकारी आवासहरू बनाइयो । बोको नेतृत्वमा चोङछिङको वाषिर्क आर्थिक वृद्धिदर अन्य सबै क्षेत्रको भन्दा उच्च रह्यो । यसरी विस्तारै उनका नीतिहरूलाई आर्थिक नीति तथा राजनीतिक विचारका दृष्टिले समेत ‘चोङछिङ मोडल’ भन्न थालियो । पुँजीवादी विकास मोडलभित्रै पनि आर्थिक वितरणमा ध्यान दिने र असमानता कम गर्ने । यसले आजको चीनमा रहेको प्रमुख समस्यालाई समाधान गर्ने आशा गर्न थालियो । चोङछिङ विस्तारै माओकालीन पुस्ताका चिनियाँहरूका लागि आकर्षणको केन्द्र बन्दै गयो । सँगसँगै यसलाई चीनका माओवादीहरू र वामपन्थीहरूको शक्ति आर्जनको प्रयासका रूपमा समेत ब्याख्या गर्न थालियो । यसले चोङछिङका पुँजीपतिहरूको निद्रा त गएकै थियो, बेइजिङका शासकहरूको भृकुटी पनि तन्किन थाल्यो ।

चोङछिङका पूर्वप्रहरी प्रमुख तथा उपमेयर वाङ लिजुनले फरवरी ५ मा चेङ्दुस्थित अमेरिकी कन्सुलरको अफिसमा शरण लिएपछि नै बो सिलाईका दिन सकिन थालेका हुन् । वाङ प्रहरी प्रमुखमात्र थिएनन्, संगठित अपराध विरोधी अभियानका हिरो पनि थिए । उनले भोलिपल्टै चिनियाँ सुरक्षा अधिकारीहरूसमक्ष समर्पण गरे । उनलाई सोधपुछ गर्ने प्रक्रियाका क्रममा नै बो शंकाका घेरामा तानिए । मार्च दोस्रो साता भएको चिनियाँ जनकंग्रेसको बैठकमा पोलिटव्युरोका सदस्यहरू बस्ने लहरमा बो सिलाई देखापरेनन् । यद्यपि उनी कंग्रेसमा भाग लिइरहेका थिए । जनकंग्रेसको बैठक सकिनासाथ उनलाई मार्च पन्ध्रमा चोङकिङको पार्टी प्रमुखबाट हटाइयो, अहिले घरैमा नजरबन्द रहेको अनुमान गरिएका बोकी श्रीमती पक्राउ परेकी छिन् । बो सिलाईका बारेमा उनले केन्द्रीय सत्ता हत्याउने षडयन्त्रस्वरूप हतियार जम्मा गरेको समेत अनेक आरोपहरू विभिन्न माध्यमबाट आउन थालेका छन् । यो प्रकरणमा स्थायी समितिका सदस्य चाओ योङखाङ पनि तानिएका छन् । यसरी बन्दकोठामा राजनीतिक फैसलाहरू हुने चिनियाँ शासनमा एउटा सम्भावित वामपन्थी नेताको राजनीतिक जीवन समाप्त भएको छ । यससँगै चोङछिङ मोडलको पनि अल्पायुमै पतन भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीभित्र साङ्घाई समूहका रूपमा पुँजीवाद परस्त भनिने पूर्व महासचिव जियाङ जेमिनको गुट र तुलनात्मक रूपमा ग्रामीणमुखी मानिने वर्तमान महासचिव हु जिन्ताओको समूहबीच नेतृत्व हत्याउने विषयमा विवाद र बहस छ । तर राजनीतिक स्थिरता र अर्थतन्त्रको अहिलेको बजारमुखी विकासलाई निरन्तरता दिन दुवै पक्ष सहमत छन् । यही भएर सि जिनपिङलाई नेतृत्व दिन दुवै समूह सहमति भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीभित्र वामपन्थीहरू भने कमजोर अवस्थामा छन् । उनीहरू बो सिलाईजस्ता क्रान्तिकारीहरूका सन्तान र केही पुराना पुस्ताका भेट्रानहरूमा टिकेका छन् । बो सिलाईको पतनसँगै अब उनका निकटहरूमाथि दमन हुनेछ । यो प्रकरणलाई सन् १९८९ को तियन एनमान चोक घटनापछिको सबैभन्दा ठूलो राजनीतिक घटनाका रूपमा लिन थालिएकोे छ । त्यतिबेला पार्टी महासचिव तथा प्रधानमन्त्री चाउ च याङलाई तङ सियाओ पिङले बर्खास्त गरेका थिए । चाउको पतनसँगै पूर्व महासचिव हु याओवाङको समयबाट थालिएको उदारवादी धारको राजनीतिक यात्रा पनि सकिएको थियो ।

बो सिलाईको राजनीतिक-आर्थिक मोडल आजको चीनमा कत्तिको सार्थक हुन्थ्यो या हुन्नथ्यो भन्ने बहस त जारी रहला । तर उनले जे लागू गर्न खोजेका थिए, त्यो चीनका आजका अन्तरविरोधहरूको समाधानको वामपन्थी विकल्प भने अवश्य थियो । अहिले चिनियाँ आधिकारिक सञ्चारहरू बोका बारेमा केही बोल्दैनन् । उता वामपन्थी या माओवादी झुकाव राख्ने वेव साइटहरू बन्द गराइएका छन् या बो सिलाईका बारेमा बोल्न रोक लगाइएको छ । कतिपय माध्यमहरू बो सिलाईको सबै योजनालाई माओकालीन उग्रता र चीनलाई सत्यानाशमा लाने प्रपञ्च भनेर आलोचना गरिरहेका छन् । सम्भवतः पार्टी र सरकारको नेतृत्व हत्याएर चीनलाई माओवादी बाटोमा हिँडाउने वामपन्थीहरूको प्रयासमा बो सिलाईको पतनले पूर्णविराम लगाइदिएको छ । यससँगै नेतृत्व परिवर्तनपछि पनि चीनका आन्तरिक तथा वैदेशिक नीतिहरूमा चाहिँ आगामी दस वर्षसम्मका लागि स्थिरता कायम हुने निश्चित भएको छ ।( नेपाल दक्षिण एसिया केन्द्रका अध्यक्षसमेत रहेका लेखक सुवेदीको यो लेख कान्तिपुर दैनिकबाट साभार गरिएको हो)

साधो सहज समाधि भली

काठमाडौं – स्वामी आनन्द अरुण प्रकाशनको मिति १९ मार्च २०१२ १०:४९ बजे

उत्तरमा हिमालय जस्तै मध्य भारतमा पुरातनकालदेखि नै साधकहरूले प्रकृतिमा शरण लिने र जीवनको परम सत्य खोज्न एक बुद्धक्षेत्र हो – अमरकण्टक । मध्य भारत अत्यन्त गर्मी क्षेत्र हो । विन्ध्य र सतपुरा पहाडीको मध्य १ हजार मिटर भन्दा बढीको उचाइमा घनघोर जंगलले भरिएको, जलप्रभात र अनेक ताल सहित धेरै प्रकारका जडीबुटीको प्राकृतिक सम्पदाले धनी मानिने यो क्षेत्रमा हिउँदमा बिहान हल्का जाडो तर वर्षौ भरी आनन्ददायी मौसम पाइन्छ । मेरा आराध्य शिवपुरी बाबाले प्राप्त गर्नुभएको बोधिज्ञानका कारणले पनि मेरा लागि अमरकण्टकको विशेष आकर्षण छ ।
दक्षिण भारतको कन्याकुमारी नजिकैको गाउँमा जन्मिनुभएका उहाँले १८ वर्षको उमेरमा आफ्नो सबै जायजेथा आफ्नी जुम्ल्याहा बहिनीलाई दिइ अमरकण्टकलाई तपस्यास्थलीको रुपमा रोज्नुभयो । ३२ वर्षको कठिन र अथक तपस्या पश्चात् ५० वर्षको उमेरमा इश्वर साक्षात्कारको त्यो चिरप्रतिक्षित क्षण उहाँले बडो लालित्यपूर्ण र काव्यमय ढंगले भन्नुहुन्थ्यो, ‘फाइनली, द गड केम एज अ फ्ल्याश, अल क्वोसन्स् एन्सर्ड एण्ड अल प्रोब्लम सोल्भ्ड फर एभर ।’ बिजुली चम्केझैं परमात्मा प्रकट भयो र सबै प्रश्नको उत्तर प्राप्त भयो र सबै समस्या सधैका लागि समाधान भए । समस्यै समस्या र प्रश्नै प्रश्नको विषादले ग्रसित बुद्धीजीवीका लागि त्यो स्थितिको कल्पना गर्न पनि कति सुखद हुन्छ – त्यो सुखद अनुभूतिका लागि कुनै पनि मूल्य चुकाउनु पर्‍यो भने पनि त्यो कमै हो । त्यस्तो मानिसलाई भेट्नु जसको मनमा कुनै प्रश्न छैन र कुनै समस्या पनि छैन, दुर्लभ घट्ना हो । त्यस्तो मानिसको दर्शन गर्न पाउनु र सत्संगमा बस्न पाउनु ठूलो सौभाग्य हो ।
अनेक जन्मको पुण्यले मैले पनि यस जन्ममा त्यस्तो व्यक्तिको दर्शन पाएँ र उनको पाउमा शिष्यको रूपमा बस्ने परम सौभाग्य प्राप्त भयो र हाँस्दै रमाउँदै सहज साधना गर्ने शिक्षण पाएँ, ती व्यक्ति हुन् – ओशो । त्यस्तो व्यक्तिको सान्निध्यमा श्रद्धा र ध्यानपर्ूवक बस्दा आफू पनि त्यति नै क्षण सबै प्रश्न र समस्याबाट मुक्त भएको सुखद अनुभूति हुन्थ्यो । तर त्यो आफ्नै साधनाको बलले नभएर त्यस भगवत् चैतन्यको सांन्निध्यको प्रभावले हुने भएकोले त्यो स्थायी हुदैनथ्यो । सांन्निध्यबाट टाढा भएपछि त्यो बिस्तारै हराएर जान्थ्यो ।
अनेक जन्मदेखि कामना, तृष्णा र दुःखै दुःखको दावानलमा जलिरहेको चेतनाले अथक प्रयासपछि जहाँ उन्मुक्ति पाउँछ त्यस क्षेत्रको कणकणमा उन्मुक्तिको त्यो अलौकिक आह्लाद सधैंका लागि तरङ्गित र संरक्षित हुन्छ । कुनै सत्यको खोजीले त्यो संरक्षित अनुुभूतिको तरंगलाई आफ्नै श्रद्धा र पात्रता अनुरुप ग्रहण गर्न सक्छ । यस्ता स्थानहरू मलाई अति प्रिय छन् । परमहंस योगानन्दले आत्मोलब्धि गर्नु भएको कोलकाताको ४ गारापाडा रोडमा अवस्थित उहाँको ध्यान कक्ष, बुद्धले आत्मबोध गरेको बोधगयाको बोधिवृक्ष, ओशोले आत्मबोध गरेको जबलपुरको भवरताल उद्यानको मौलश्री बृक्ष, श्री अरविन्दले तिसौं वर्ष तपस्यारत रही अनेक गहन अनुभूति गरेको पाण्डुचरी आश्रमस्थित उहाको ध्यान कक्ष, बुद्धका अनेक शिष्यले आत्मबोध गरेको श्रावस्तीको जेतवन विहार जस्ता अनेक उर्जा स्थलहरूको म भ्याएसम्म पर्रि्रमण गरिरहन्छु । त्यस्ता पवित्र स्थानमा पुगेपछि थोरै समयका लागि भएपनि आत्मबोध भएकै जस्तो अनुभूति हुन्छ । साधकहरूका लागि त्यस्ता अलौकिक स्थानहरूमा आनन्द र आशीषको अमृतवषर्ा सधै भइरहन्छ ।
शिवपुरी बाबाका म जस्ता भक्तका लागि अमरकण्टक पनि त्यस्तै महातीथ नै हो । त्यो तीर्थको आकर्षण मभित्र प्रबल छ । हुन त कुनै पनि बुद्ध पुरुषले टेकेको ठाउँ नै तीर्थ हुन्छ । तर विशेषरूपले उनीहरू जन्मेको, निर्वाण प्राप्त गरेको, शरीर छोडेको र लामो बसोबास गरेका स्थानहरू त महातीर्थ हुन्छन् । मेरो मनमा एउटा प्रश्न सधै उठ्थ्यो शिवपुरी बाबाले तपस्याका लागि हिमालय र गंगाको सिद्ध क्षेत्र छोडेर किन अमरकण्टक रोज्नभयो ? मलाई अमरकन्टरमा ३ पटक साधना शिविर संचालन गर्ने अवसर मिलेको छ । भरखरै संचालित शिविरपछि पछि मैले यसको उत्तर पाएँ ।
दक्षिण भारतीयका लागि उत्तरी हिमाली जाडो कष्टकर हुन्छ । धेरै हिमालयमा बस्ने योगीहरूलाई पनि जाडोको मौसममा तल झर्ने बाध्यता पर्छ । अमरकण्टकको मौसम भने शरीरलाई कष्ट नगरी वर्षरी आनन्दपूर्वक बस्न सकिने खालको छ ।   अमरकण्टकको वनमा प्रचुर मात्रामा कन्दमूल र जडिबुटी अहिले पनि उपलब्ध छन् जसको आधारमा जोगीहरूलाई सहज जीवन निर्वाह गर्न संभव छ । त्यहा“ विभिन्न प्रकारका स्वास्थ्यवर्धक, औषधीजन्य जडिबुटीहरू अहिले पनि उपलब्ध हुन्छन् जसको सेवनले रोगमुक्त र स्वस्थ रहन मद्दत मिल्दछ । अमरकण्टकका झरना, खोला नालामा प्रचुर मात्रामा ब्राह्मणी बुटी पाइन्छ । ब्राह्मणी बुटी मस्तिष्कको लागि परम औषधी हो । यसले स्मरण शक्तिलाई तीक्ष्ण बनाउँछ, मस्तिष्कलाई शितल राख्छ र तनावजन्य रोगबाट मुक्ति दिलाउँछ । ब्राह्मणी बुटीको जलको सेवनले मानसिक रूपमा विक्षिप्त भएका व्यक्तिहरू पनि ठीक भएका केही घटना त्यहाँका जोगीहरूले सुनाए ।
यसपालिको यात्रापछि थाहा भयो आदि शंकाराचार्यले आठौं शताब्दीमा आफ्ना गुरु श्री गोविन्दपादबाट यहीं दीक्षा लिई तपस्या गरेका रहेछन् । त्यस अतिरिक्त पौराणिक ऋषि मार्कण्डेय, भृगु, दुर्वाशा, कपिल साथै आधुनिक सन्तहरूमा शिवपुरीबाबा र बर्फानीबाबाको तपस्यास्थली यही हो । कबीर र नानकले परस्पर यहीं भेटेको पनि भनिन्छ । धेरै साधकहरूले साधना गरेकाकारणले यो क्षेत्र अलौकिक तरङ्गले तरङ्गितले छ । यो सिद्ध क्षेत्र भइसकेको छ ।
नर्मदा, सोन र जोहिला तीन नदीको अमरकण्टक उद्गम स्थल पनि हो । हिन्दु शास्त्रमा सरस्वतीमा तीन दिन, जमुनाजीमा सात दिन, गंगामा एक दिन स्नान गर्दा जुन शुद्धि हुन्छ नर्मदाको दर्शन मात्रले त्यति नै शुद्ध भइन्छ भन्ने उल्लेख छ । यसबाट पनि नर्मदालाई धेरै महत्व दिएको देखिन्छ । हिन्दु संस्कृतिमा नर्मदा एउटा मात्र यस्तो नदी हो जसको उद्गम स्थान अमरकण्टकदेखि अरब सागरको संगम मीठातर्ठाईसम्म परिक्रमा गर्ने चलन छ । यो परिक्रममा २८५६ किमीको हुन्छ । यस परिक्रमाका आश्चर्यलाग्दा आफ्नै विधान छन् । सनातनकालदेखि आजसम्म अंक्षुण्ण चलिरहेको यो परिक्रमा आकाशवृत्तिमा अर्थात कुनै पैसा या अन्न नबोकिकन गर्ने चलन छ । यो पुरै परिक्रमा पथमा हरेक वासस्थानहरूमा श्रद्धालुहरूले परिक्रमा गर्न आउने सबैकालागि अन्नदानको व्यवस्थाका गरेका छन् । जहां सिदा लिने र आफै पकाएर खाने चलन छ । यो पूर्ण परिक्रमा विधिपूर्वक गर्ने हो भने साढे ७ वर्ष लाग्छ । यो अवधि भर दुइजोर कपडा, ओढ्ने र ओछ्याउने दुइ कम्म्ल र साधारण पूजा साम ाग्री बाहेक अरु केही बोक्न पाइंदैन । लाउने कपडा फाटे भने श्रद्धालुहरूले बाटोमा दान दिदा रहेछन् । आजको यस्तो व्यस्त र उपभोगवादी युगमा लाखौं गृहस्थहरू पनि यस्तो परिक्रमा गर्दा रहेछन् र उनीहरूलाई चाहिने लुगाफाटा, जुत्ता एवं औषधिको पनि मुफ्त मै समुचित व्यवस्था गरिंदो रहेछ । यो चरम स्वार्थमा डुबेको युगमा पनि यस्तो संस्कार हिन्दुहरूमा अझसम्म जीवित छ ।
हिन्दुहरूको नदीप्रति अगाध श्रद्धा छ । उनीहरूका हरेक धार्मिक कार्यहरू नदीकै सेरोफेरमा हुन्छन् । नदीकै सामीप्यमा प्रवास गर्नु, उपासना गर्नु, परिक्रमा गर्नु उनीहरूको जीवनको एक महत्वपूर्ण कार्य हो । तर परिक्रमा गर्ने महात्म्य नर्मदालाई मात्रै प्राप्त छ । नदी एक जीवन्त तीर्थ हो । यदि सात वर्षनदी कै किनारमा बास बसिन्छ, त्यही नदीमा प्रत्येक दिन स्नान गरिन्छ, नदीकै जलले भोजन पकाइन्छ, सात्विक जीवन बा“चिन्छ भने त्यो व्यक्तिको जीवन रुपान्तरण किन नहोस् ? हर्मन हेस्सेको नायक सिद्धार्थ नदीलाई हेर्दा हेर्दै संबुद्ध भएको हो । हजारौं वर्षेखि यस्ता लाखौं श्रद्धालुको भाव तरंगले त्यो नदी र नदीको तटमा रहेका अनेकौं तीर्थस्थलहरू घनीभूत उर्जाका पुञ्ज बन्दै जान्छन् । हिन्दुहरूले सहज रुपान्तरणको एक सशक्त विधि खोजेका थिए । आधुनिक विज्ञानको खोजले पनि के भन्छ भने पानीका प्रत्येक कणले माइक्रोचिप जस्तै लाखौं सूचनाहरू हजारौं वर्षका लागि संग्रह गर्न सक्छन् । यस्तो विज्ञानको बोध हिन्दुहरूलाई थियो । त्यसकारणले जलबाट आचमन गर्ने, जलले शुद्ध गर्ने, जलले पूजा गर्ने चलन उनीहरूले बसाले ।
आज पनि अमरकण्टकको घनघोर जंगलमा अनेक जोगीहरू तपस्यारत छन् । यसपालि मैले भेटेका अनेक जोगी मध्ये बुद्धीजिवीलाई चाख लाग्ने एक विद्वान् वैरागीको चर्चा म यहाँ गर्न चाहान्छु । उनको नाम हो – स्वामी शैलेन्द्र सरस्वती । उनको जीवनी चाखलाग्दो छ । उनले क्वान्टम् फिजिक्समा एमएससी गरी अहमदावादको प्रख्यात आइआइएमबाट म्यानेजमेन्टमा मास्टर्स गरे । भारतका प्रतिष्ठित व्यवसायिक संस्थामा मुख्य व्यवस्थापक भई काम गरिसकेका रहेछन् र सबै सुख सुविधा सहित उनको आय महिनामा लाखौंको थियो । व्यवसायिक सफलताको चरमचुलीमा पुगेपछि उनले जीवनको व्यर्थता, निरसता र असारताको गहन पीडा अनुभूति गरे । जतिसुकै कुशल व्यवस्थापनबाट पनि यो संसारको समस्याहरू र मानिसका पीडा दुर गर्न सकिदैन भन्ने उनलाई बोध भयो । मानिस साहासिक रहेछन् । त्यो सबै छोडछाड गरी सुदूर हिमालयमा उत्तरकाशी, गंगोत्री र अन्ततः गोमुख भन्दा पनि माथि १४ हजार फिट उचाइमा अवस्थित तपोवनमा तपस्यारत हुन गए । प्रसंगवश पाश्चात्य जगत्मा अत्यन्त ख्याति कमाइसकेका महर्षि महेशयोगीसँग उनको हिमालयमै भेट भयो र दुबैमा एक आत्मियता बस्न गयो र महर्षिको आमन्त्रणमा उनले महर्षि विश्वविद्यालयको म्यानेजमेन्ट विभागको विकासको सन्दर्भमा महर्षिसँगै उनको व्यक्तिगत जेटमा विश्व भ्रमणमा लागे र महर्षिकै नाइरोवी, ओस्लो र अमेरिकामा स्थापित महर्षि विश्वविद्यालयमा डिन र विभागीय प्रमुख भई कार्य गरे । तर पाश्चात्य जगत्को त्यो वैभवशाली सफलतामा पनि उनी रमाउन सकेनन् र महेशयोगीस“ग पुनः हिमालयमा गई तपस्या गर्ने अनुमति मागे । महेशयोगीले तपस्या गर्ने सिद्धस्थल अमरकण्टक हो भन्दै त्यहीं गएर तपस्यारत हुने सल्लाह उनलाई दिए । ती वैरागीले अमरकण्टकको नाम पनि सुनेका थिएनन् । खोजतलास गर्दै अन्ततः उनी त्यहाँ पुगे । अमरकण्टकमा प्रसिद्धि र ख्याति कमाएका साधु बाबा कल्याणदासजी महाराजले आफ्नो अति सुविधासम्पन्न कल्याण सेवा आश्रममा उनलाई बस्ने र खानपानको आदरयुक्त सुविधा जुटाइदिए र बेफिक्री साधनामा लाग्ने परिस्थिति बनाइदिए । केही महिना निश्चिन्त भई साधना गरेपछि उनको आफ्ना गुरुसँग वार्तालाप भएछ । महेशयोगी उनको यो सुविधापूर्ण साधनादेखि खुसी भएनन् । सुविधा, मनुष्यको बाहुल्य र सान्निध्य माझ राम्रो साधना हुँदैन, साधना नै गर्ने हो भने अमरकण्टकको वनमा गई कुनै गुफामा निराधार र निराश्रय भई बस भन्ने गुरुआज्ञा पाए । गुरुको आदेशलाई शिरोधार गर्दै उनले बाबा कल्याणदासजीसँग विदा मागे । उनीसँगै दुइटा कम्बल, दुइ गौरिक वस्त्र र दुइ किलो पिठो दान स्वीकार गरी अमरकण्टकको घनघोर जंगल बीच दुइटा रुखमा एउटा कम्बलबाँधी एउटा कम्बल भुइमा ओछ्याई साधनारत भए । उनीसँग पकाउनलाई केही भाडाकुँडा नभएकाले लगाउने धोतीकै एक भागमा पिठो मुछ्ने र त्यसलाई हातले नै थपथपाएर रोटि जस्तो बनाई धुनीमा पकाई त्यसैको साहारामा वर्षौं उनी एक्लै बाँचे । वर्षौं पछि बिरला कम्पनीका एक मेनेजर जो उनी प्रमुख हुँदा उनका कनिष्ट भई कार्य गरेका थिए, खानीको र्सर्वे गर्न आउदा शैलेन्द्रजीलाई जंगलमा भेटेछन् र आफ्नो पूर्व हाकिमको यस्तो दर्रि्र स्थिति देखी धुरुधुरु रुन थालेछन् । उनको यो हाल देखेपछि बडो अनुनय विनय गरी बिरला कम्पनीले बारुद भण्डार गर्न बस्तीबाट टाढा जंगलको बीचमा बनाएको झ्यालै नभएको एक गोदाम घरमा र्सन मनाए छन् । मैले घनघोर जंगलबीचको गोदाम घरमै उनलाई भेटें । जंगली बदेल र भालुको राज भएको त्यो जंगलमा त्यस्ता पढेलेखेका व्यक्तिलाई एक्लै बसेको देख्दा मलाई आर्श्चर्य लाग्यो ।   उनी निराधार, निरालम्ब र निराश्रय भए पनि उनमा एक सम्राट जस्तो गरिमा र  आत्मविश्वास भरिएको थियो । पहिलो भेटमै हामी बीच गहिरो मित्रता र एकअर्काप्रति गहिरो सम्मानको भाव भरियो ।
मैले उनीसँग घण्टौं लामो वार्तालाप गरेको थिएं । पाठकलाई रुचिकर हुने ठानेको त्यही वार्ताको छोटो अंश यहाँ प्रस्तुत गर्दैछु ।
प्र. यहाँ एक्लै बस्दा अरुसँग भेट्न, कुरा गर्न मन लाग्दैन ? ‘कहिले आवश्यक सामान लिन बजार जानुपर्छ । तपाईंजस्तै कोही खोज्दै साधक आयो भने अर्को कुरा हो तर मान्छेसँग भेट्न र मानिसको भिडमा जानुपर्‍यो भने पीडा हुन्छ । एक्लै बस्नमै आनन्द छ ।’
प्र. यहाँ तपाईंका आवश्यकताहरू कसरी पूर्ति हुन्छन् ? ‘वर्षौं मैले हातले बेलेको रोटी धुनीमा सेकेर रमाएर बसेको छु । पिठो सकिन लागेको बेला कसैले अचानक ल्याएर दिन्छन् लुगा फाटेका बेला लुगा आइपुग्छ । इश्वरमा पूर्णआश्रति भएर बसेको छु, सबै आवश्यकता पुरा गर्ने जिम्मेबारी उसैको हो ।’
मैले आफ्नो जीवन र धेरै साधकहरूको जीवनमा पनि यसको प्रत्यक्ष प्रमाण भेट्टाएको छु ।
प्र. तपाई यत्रो विद्वान् व्यक्ति संसारमा के भइरहेको छ भन्ने जान्न अखवार पढ्न, रेडियो सुन्न मन लाग्दैन् ?
‘बिल्कुलै मन लाग्दैन । रेडियो र अखवारमा अधिकांश नराम्रै कुराको चर्चा हुन्छ । त्यसबाट मन अझ खिन्न हुन्छ । मलाई चाहिने लायक कुनै राम्रो खवर छ भने तपाईं जस्तै साधक आएर यहीं मलाई दिइहाल्छन् ।’
प्र. यस्तो एकान्तमा तपाईं त खुब अध्ययन गर्नुहुन्छ होला । के के किताब पढ्नु हुन्छ ?
‘केही वर्षपहिलेसम्म तपाईंजस्तै मेरो पनि पुस्तकप्रति खुव अनुराग थियो । खुब धार्मिक साहित्य पढें, ओशोलाई पनि पढें, खुब आनन्दित भएँ र उहाँको ठुलो प्रशसंक हुँ । तर पछि आएर बोध भयो पुस्तकीय ज्ञान पनि एक बौद्धिक व्यसन मात्र हुँदो रहेछ र बाहिरबाट आएको ज्ञान पनि साधनाको एक स्थितिमा पुगेपछि एक प्रकारको बोझ हुदों रहेछ । प्रारम्भमा केही सहयोगी देखिए पनि आत्मोपलब्धिमा अन्ततः यो बाधकै रहेछ । यो बोध भएपछि भएका सबै किताब बाँडिदिएँ । वर्षौंदेखि मैले केही पढेको छैन र पढ्ने इच्छा पनि छैन ।’
म जस्तो प्रत्येक दिन खोजीखोजी पत्रिका पढी देश र सारा दुनियाँको हाल खबर सुनी दुःखी हुने र नयाँ उत्तम साहित्य देखेपछि किन्नबाट आफुलाई रोक्नै नसक्ने पुस्तक व्यसनीलाई ती योगीका यी शब्दले भित्रैसम्म प्रतिध्वनि हुने एक झापड गालामा हान्यो ।
यस्तै झापड वषौं अघि आफ्ना गुरु ओशोबाट पनि पाएको हुँ । ओशोलाई एकपटक मैले सोधेको थिएँ  ‘आत्मबोधमा अब मलाई कुन चिजले रोकिरहेको छ, गुरु ?’ उहाँले तुरुन्तै उत्तर दिनुभयो, ‘त्रि्रो ज्ञान नै बाधक छ । तिमी सोच्छौ तिमीलाई धेरै थाहा छ तर तिमीलाई केही थाहा छैन ।’
त्यो दिन पनि मैले यस्तै गुरु चड्कन पाएको थिएँ । सामान्यतः बाहिरबाट संग्रह गरेको पुस्तकीय जानकारीलाई नै हामी ज्ञान भन्ने ठान्छौं । तर मेरो यो पनि स्पष्ट अनुभव के छ भने गुरुको सान्निध्यमा आएपछि माछा, मासु, रक्सी, चुरोट छोड्न साधनाको प्रयासबाट सजिलै सकिन्छ तर पुस्तक र अध्ययनको दुर्व्यसनबाट मुक्त कुनै दुस्साहसी मात्र हुन सक्छ ।
प्र. तपाईं प्रवचन र शिक्षण किन दिनुहुन्न ?
‘सन् २०१७ सालमा मलाई आत्मज्ञान हुन्छ भनी मेरो चिनामा लेखिएको छ । अहिले साधनाको काल छ र यस बेला शिक्षण गरे साधना कमजोर पर्छ ।’
यसबाट पनि मैले अर्को धक्का र झापड पाएँ । तर तुरुन्तै मलाई गुरुको वाक्य संझना भयो, अरुलाई सिकाउनु सिक्ने सबैभन्दा राम्रो उपाय हो । मैलेलाई गुरुको आदेश संझिएँ, ‘तिमी सारा विश्वमा गएर शिक्षण देउ तर आफुमा म गुरु हुँ भन्ने अहंबोध कहिल्यै आउन नदेउ । यसो भएमा शिक्षण पनि साधना भएर आउँछ ।’
प्र. तपाई दिनभरी के गर्नुहुन्छ, कसरी दिन काटनुहुन्छ ?
‘५ घण्टा जति सुत्छु । ३ बजेदेखि उठेर ध्यानमा लाग्छु । नुहाउने धुवाउने, खानाका लागि ३ घण्टा जान्छ । बा“की समय म ध्यानमै बस्छु । जीवन व्यवहारका लागि खर्चिने ३ घण्टाले पनि पीडा दिन्छ, त्यो समय पनि साधनामा लगाउन पाए हुन्थ्यो जस्तो लाग्छ ।’
प्र. के ध्यान गर्नुहुन्छ ?
‘गुरुत्वलाई पार गर्दै पृथ्वीबाट माथि उठी उप्रिmने सिद्धि योगको साधना गर्छु ।’
यस्ता सिद्धि जान्ने योगीहरू मैले पहिले पनि भेटेको हुनाले मलाई यसमा कुनै आर्श्चर्य लागेन ।
प्र. तपाईं हावामा तैरिनु पनि हुन्छ कि उफि्रनु मात्रै हुन्छ ?
‘म उफि्रने (होप) मात्रै गर्छु र तैरिन अझ गहन साधना र उच्च साधकहरूको राम्रो समूह चाहिन्छ । गुरुत्व आकर्षणबाट मुक्तिको अनुभूति पनि बडो सुखद छ ।’
प्र. दिनभरी सिद्धि योग नै गर्नुहुन्छ ?
‘हो, मौका मिल्ने बित्तिकै म यही गर्छु ।’
मैले उनको आँखामा गहिरिए हेरें । त्यसमा परमात्माबोधको आत्मविश्वास थिएन । त्यो उनले दाबी पनि गरिरहेका थिएनन् । शायद सन् २०१७ को प्रतीक्षा गरिरहेका थिए । उचित मार्गदर्शन प्राप्त भएन भने ठुलाठुला त्यागी पनि आफ्नो बहुमूल्य साधना साना साना सिद्धिको आकर्षणमा व्यर्थ खर्च गरिदिंदा रहेछन् । समय र उर्जा खर्चेर संयममा बसेपछि हरेक साधकलाई साधनाको मार्गमा अलौकिक देखिने यस्ता खाले अनेक सिद्धि प्राप्त हुन्छन् । सिद्धिको यो खेलबाट मुक्त भइसकेको गुरुको स्पष्ट मार्गदर्शन प्राप्त नभएकाहरू यही प्राप्त सिद्धिको चमत्कारमा लालायित हुन्छन् । यो सिद्धिको घनचक्करमा आफुपनि पर्छन् र अरुपनिलाई यस माखेसांग्लोमा पार्छन् । किनभने कुनै पनि आफूले गर्न नसक्ने खालका कुराबाट जस्तो सुकै बुद्धिमानी भनाउँदाहरू पनि आकर्षित र प्रभावित हुँदा रहेछन् । चाहे त्यसको आध्यात्मिक या मानवीय मूल्य शून्य किन नहोस् ? वार्तालापका बेला स्वामी शैलेन्द्रजीबाट पाएका दुइ झापडको जवाफ् स्वरुप मलाई पनि यो कुरा उनलाई बिन्ती गर्न मन लागेको थियो । तर शिष्टाचारवश मनमनै राखी उनलाई आदरपूर्वक दण्डवत गरेर बिदा लिएँ । पुस्तक भन्दा पनि खतरनाक सिद्धिको दुव्यसनमा फसेका यी परम वैरागीको व्यसन अगाडि मेरो पुस्तक व्यसन फिक्का पर्‍यो । बाटोभरी ओशो, शिवपुरीबाबा, परमहंस रामकृष्ण, रमण महर्षि, कृष्णमूर्तिको कथन याद आयो – सबै प्रकारका सिद्धिबाट सधै सावधान रहनु, यो महाबन्धन हो । कबीरको यो महाकथनले मलाई पछ्याइरह्यो – साधो सहज समाधि भली । (स्वामी अरुण नागार्जुन, काठमाडौंस्थित ओशो तपोवनका संस्थापक हुन् । यो लेख उनको हालै प्रकाशित पुस्तक “सन्त गाथा”बाट लिइएको हो । हामी उनका लेखहरु  “चिन्तन” स्तम्भमा क्रमश: प्रकाशित गर्दै जाने छौं। सं.)
Follow

Get every new post delivered to your Inbox.